१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

समयमा पुग्दैनन् नगरबस

चोक–चोकमा लामो समय रोकिन्छन् बस, व्यवसायी भन्छन्– यात्रु अभावले रोक्नुपर्ने बाध्यता
विना थापा

काठमाडौँ — कास्की– पोखरा–लेखनाथ महानगरका विभिन्न रुटमा चल्ने नगर बस समयमै गन्तव्यमा नपुग्दा यात्रुहरूले सास्ती पाएका छन् । बस चोक–चोकमा आफूखुसी रोकिने गरेको छ । 

समयमा पुग्दैनन् नगरबस

व्यक्तिगत यातायातको साधन नभएका नगरवासी सार्वजनिक सवारी साधनको प्रयोग गर्छन । लामो र छोटो दूरीमा पनि उनीहरू नगर बस नै चढ्छन् । ‘लामो दूरी मात्र होइन, छोटो दूरीमा पनि संभव भएसम्म नगर बस चढ्छु’, पोखरा घारीपाटनकी शोभा बराल भन्छिन्, ‘तर समयमै गन्तव्यमा नपुर्‍याउँदा भने समस्या हुने गरेको छ । चोक–चोकमा लामो समय बस रोकिँदा समयैमा भनेको ठाउँमा पुग्न नपाएको र कहिलेकाँही महत्त्वपूर्ण काम पनि छुट्ने गरेको उनी बताउँछिन् । अस्पतालमा खाना लिएर जाँदासमेत नगरबसका कारण समयमै पुग्न नसकेर बिरामी र कुरुवालाई मार पार्ने गरेको उनको भनाइ थियो । उनले अस्पताल, शैक्षिक संस्था, सरकारी अड्डालगायत स्थानमा चल्ने बस नरोकी सरासर जाने नियम बसाउनुपर्ने बताइन् ।


पोखरा मिरुवाकी दुविदा रानाले पनि नगर बसको ढिलाइले समस्या परेको गुनासो गरिन् । ‘छिट्टै होला भनी ठिक्क समयमा हिँडेको थिएँ, बसले धेरै समय लगाइदियो’, उनले भनिन्, ‘बिरामीलाई लगेको जाउलो पनि सेलाउँछ ।’ समयमै हिँडेर समयमै गन्तव्यमा पुग्ने व्यवस्था

नगर बस व्यवसायी समितिले गर्नुपर्ने उनको माग छ । हरिचोकदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत क्षेत्रीय अस्पताल जाने क्रममा नगर बसले घण्टांै लगाएको उनको अनुभव छ ।


चोकचोकमा ट्राफिक प्रहरी भए मात्र नगर बस नरोकी सरासर जान्छन । ट्राफिक नदेखे एक घण्टा दूरीको बाटोमा दुई घण्टासम्म लगाइदिनेसमेत अवस्था रहेको दीपकी सकुन्तला बस्नेत बताउँछिन । ‘प्राय सबै रुटमा चल्ने नगर बसको समस्या यही हो,’ उनी भन्छिन्,

‘बजारभरी नगर बस छ्याप्छ्याप्ती छन् । तर भनेको बेला गन्तव्यमा पुग्न सकिदैन ।’


समयमै पुर्‍याएर सेवा सुविधा दिने मन भए पनि यात्रु अभावले चोक तथा अन्य सम्भावित ठाउँमा रोक्नुपर्ने बाध्यता रहेको चालक तथा सहचालक बताउँछन । ‘बस खालीखाली दौडाउँदा भोकै बस्नुपर्ने अवस्था आउने भएकाले केहीबेर रोक्ने गरेका छांै । पोखरा बस व्यवसायी समितिका अध्यक्ष देउबहादुर गुरुङ जनघनत्व थोरै भएकाले मुख्यमुख्य चोकमा यात्रु बटुल्न केही छिन मात्रै बस्ने गरेको बताउँछन् । ‘केही चोकमा ३/४ मिनेट बसेका होलान् । लामो समय बसेको जानकारी छैन,’ उनले भने, ‘पृथ्वीचोकमा बढी जाम भएको कारण पनि समय लाग्ने गर्छ ।’ सकेसम्म यात्रुको गुनासो नआओस् भन्नका लागि विध्यावासिनी बस व्यवसायी समितिसँग आलोपालोमा कार्य एकता गरेको उनले बताए । पोखरामा पोखरा बस व्यवसायी समितिको ३ सय ७८ र विध्यावासिनीको ३४ गरी ४ सय १२ नगरवस छन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?