१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

जिप दुर्घटनामा महिलाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — यहाँको वालिङ नगरपालिका–६ आमडाली स्थित भित्री सडक खण्डमा सोमबार साँझ भएको सडक दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ ।

वालिङ मिर्दिबाट सेखाम तर्फ जादै गरेको ग १ ज ६३७३ नम्बरको महेन्द्र जिप अनियन्त्रित भई सडकबाट सात सय मिटर तल खसेको हो ।


जिपमा सवार वालिङ नगरपालिका–२ बस्ने ४० वर्षीया विष्णु विकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।


विकको लाशलाई पोष्टमार्टमको लागि प्राथमिक स्वास्थय केन्द्र वालिङमा राखिएको छ भने जीपमा सवार अन्य ६ जना गम्भीर घाइते भएका छन् ।


घाइतेहरुलाई वालिङ प्राथमिक केन्द्रले थप उपचारको लागि पोखरा रिफर गरेको प्रहरीले जनायो । प्रहरीका अनुसार भीरकोट–५ बस्ने ३१ वर्षीय सुरजा थापा, चापाकोट–४ बस्ने २० वर्षीया विष्णु विक, उनकी २ वर्षीया छोरी कृति, पुतलीबजार–५ बस्ने ५४ वर्षीय बमबहादुर आले, पाल्पा जिल्ला रामपुर नगरपालिका–१३ की २५ वर्षीया मिना विक र पाल्पाकै माछागाडी नगरपालिका–४ बस्ने २२ वर्षीय मदन विक गम्भीर घाइते भएका छन् । जिप चालक भने फरार रहेको प्रहरीले बतायो ।


प्रकाशित : फाल्गुन ७, २०७४ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?