कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेसिएका नेपालीलाई स्वदेश फर्काउँछौं : सापकोटा

प्रतिक्षा काफ्ले

स्याङ्जा — योङ कम्युनिष्ट लिग नेपाल (वाईसीयल)का केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटाले देशमा आर्थिक समृद्धि ल्याउनको लागि युवाहरुलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्नुपर्ने बताएका छन् । उनले राष्ट्रको मेरुदण्ड युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने भन्दै युवाशक्तिलाई आफ्नै जन्मभूमिमा परिचालन गर्नुपर्नेमा जोड दिए । 

विदेसिएका नेपालीलाई स्वदेश फर्काउँछौं : सापकोटा

स्याङ्जाको वालिङ बजार मालेबगरमा आयोजित वाईसीयल) स्याङ्जाको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले खाडी गएका युवाहरुलाई स्वदेश फर्काउने अभियानमा लागेको बताए ।


वाईसीएलले अब विकासका कामहरु गर्नुपर्ने भन्दै उनले विदेशमा जीवन बचाउन संघर्षमा जुट्ने नेपालीहरुलाई नेपालमै फिर्ता गर्नु आफूहरुको मुल दायत्व भएको बताए ।


पार्टी एकताको सन्दर्भमा सापकोटाले पार्टी एकता हुन्छ वा हुँदैन भन्ने विषयमा ओली र प्रचण्ड दुवैलाई थाहा नभएको बताए । पार्टी एकता गर्न जनताले नै अनुमोदन गरेर पठाएकाले के ठीक के बेठिक भनेर छलफल गर्नु आवश्यक नरहेको उनको भनाइ थियो ।


कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज शैलेन्द्र घिमिरले बहुदलले २५ वर्ष हुँदा पनि नेपाली राजनीतिमा कुनै उथलपुथल नभएकाले नेपालको समृद्धि र विकासका लागि २१ औँ शताव्दीको जनवादको खाँचो रहेको बताए । उनले २१ औँ शताब्दीको जनवादले सुरुआतको पाँचै वर्ष नपुग्दै नेपाली राजनीतिमा भयाङ्कर तरङ्ग पैदा गरेको भन्दै जनवाद समेटिने गरी माओवादीले पार्टी एकता गर्नुपर्ने धारणा राखे ।


सम्मेलनले पुन रमेश अर्यालको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जसको प्रथम उपाध्यक्षमा थमन गुरुङ, द्वितीय उपाध्यक्षमा टोमबहादुर थापा, सचिवमा सागर थापा, सहसचिवमा जीवन थापा र पीताम्बर खनाल, कोषाध्यक्षमा अनिता गहतराज रहेका छन् । त्यस्तै लेखा आयोगको अध्यक्षमा दुर्गाप्रसाद थापा र अनुशासन आयोगमा सुजिन्द्र सेनलाई सर्वसहमतिले चयन गरिएको छ ।


प्रकाशित : फाल्गुन ८, २०७४ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?