कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

जबरजस्ती करणीको आरोपमा ८ वर्ष कैद

प्रतिक्षा काफ्ले

स्याङ्जा — यहाँको पुतलीबजार नगरपालिका–४ का ३५ वर्षिय तुलबहादुर थापालाई जिल्ला अदालतले १४ गते ८ वर्ष कैद तोकेको छ । 

जबरजस्ती करणीको आरोपमा ८ वर्ष कैद

जबरजस्ती करणीको मुद्दामा थापालाई जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलाशले ८ वर्ष कैद र ५० हजार जरिवानासहित फैसला गरेको छ । ०७१ जेठ २६ गते १० वर्षीया बालिकालाई स्कुल जाने क्रममा जबरजस्ती करणी गरेको भन्दै पीडितहरुले जिल्ला प्रहरीमा जाहेरी दिएका थिए । मुलुकी ऐन जबरजस्ती करणी महलको १ र ३(२) को कसुरमा जजक ३(२) बमोजिम फैसला भएको जिल्ला न्यायाधीश अधिकारीले बताए । उनका अनुसार पिडक तुलबहादुर थापा भने हालसम्म फरार छन् । मुद्दाको मिसिलमा भएको प्रमाणको आधारमा फैसला गरिएको अधिकारीले बताएका छन् ।


त्यस्तैगरी फागुन १४ गते नै जबरजस्ती करणीको आरोपमा साविक क्याक्मी–९ का डिकुरे भन्ने भिमबहादुर थापालाई पनि ८ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानासहित फैसला गरिएको छ । जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले नै उनलाई ८ वर्ष कैद तोकेको हो । उनले पनि ०७१ भदौमा नाबालिकालाई करणी गरेका थिए ।


पिडकले पीडितलाई पुर्‍याएको क्षति र प्रतिवादीको आर्थिक अवस्थाअनुसार मुद्दा फैसला भएको जिल्ला न्यायाधीश अधिकारीले बताए । ‘जबरजस्ती करणीमा अधिकांश नाबालिका छन्’ अधिकारीले भने, ‘नाबालिकाको घटना भएकाले पनि पिडिकको कैद बढी तोकिएको हो ।’

प्रकाशित : फाल्गुन १५, २०७४ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?