कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काकाद्वारा बलात्कृत

प्रतिक्षा काफले

स्याङ्जा — आँधीखोला गाउँपालिका निवासी ११ वर्षीया बालिका काकाबाट बलात्कृत भएकी छन् । गत फागुन ४ गते काकाद्वारा बलात्कृत बनेकी बालिकालाई हाल कास्कीस्थित बाल सेवा केन्द्रमा राखिएको पीडितका आफन्तले बताएका छन् ।

काकाद्वारा बलात्कृत

बालिकालाई उपचारको लागि पोखरा लगिएको थियो । कक्षा ५ मा अध्ययनरत ती बालिकामाथि पटक पटक जबर्जस्ती भएको परीक्षण रिपोर्टले देखाएको चिकित्सकलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जनाएको छ ।


केन्द्रीय बाल कल्याण समितिका बाल अधिकार स्रोत व्यक्ति बद्रीप्रसाद वाग्लेले बालिकाको घटना ९ गते मात्र बाहिर आएको र कास्की प्रहरीमा जानकारी गराएको बताए । कास्की प्रहरीले उक्त जाहेरी स्याङ्जा प्रहरीमा रिफर गरेको उनले बताए । तत्काल बालिकालाई घरमा पठाउँदा असुरक्षित हुने भएकोले बालिकालाई संस्थाको संरक्षणमा पठाइएको वाग्लेले बताए ।


राष्ट्रिय मानव अधिकार आयोग र बाल कल्याण समितिले उक्त घटना अध्ययन गरेका थिए । तर, अनुसन्धानमा पीडितका आफन्तले सहयोग नगरेको जिल्ला प्रहरी कार्यालयले जनायो । घटना स्याङ्जामा दर्ता भएको हो । आयोगका अनुसार बलात्कृत बालिकाको कपडा नधुन र तत्काल बालिकालाई नै ननुहाइदिन अनुरोध गरे तापनि पीडितकी आमाले अटेर गरेकी छन् । पीडक पनि फागुन ४ गतेदेखि नै फरार छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल प्रधानले घटनास्थल पुगी प्रहरीले कागज बनाइसकिएको बताए ।


यस्तैगरी भीरकोट नगरपालिका–६ स्थित भिरकोट भिल्ला होटलमा गत फागुन २९ गते ३ जना बालिका बलात्कृत भएका थिए । भीरकोट निवासी १४ वर्षीया २ जना र १५ वर्षीया १ बालिका बलात्कारको सिकार बनेका हुन् । वडा प्रहरी कार्यालय वालिङले ३ जना अभियुक्तलाई पक्राउ गरी जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित : चैत्र ४, २०७४ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?