कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

नियमित औषधि सेवन गर्दैनन् क्षयरोगका बिरामी

प्रतिक्षा काफ्ले

स्याङजा — क्षयरोग लागेका बिरामीले नियमित औषधि सेवन गर्न नखोज्दा निको हुने रोग पनि दीर्घरोग बन्न पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार क्षयरोगलाई सामान्य रुपमा लिएर नियमित र समयमा औषधि सेवन नगर्दा पछिल्लो समय क्षयरोगकै कारण हुने मृत्युदर बढेको स्वास्थ्यकर्मी बताउँछन् । 

नियमित औषधि सेवन गर्दैनन् क्षयरोगका बिरामी

शनिबार आयोजना गरिएकाे क्षयरोग सम्बन्धि अन्तरक्रियामा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. अमृत पोखरेलले महिलाको तुलनामा क्षयरोगको संक्रमण पुरुषमा बढी देखिने गरेको बताए । उनले बिरामीको सरकारी सेवा प्रतिको विश्वासको कमी र स्वास्थ्यकर्मीको दक्षता तथा सेवा दिने तरिकाले समस्या थपिएको बताए । ‘दुई जना पुरुष बराबर एक महिलालाई क्षयरोग लागेको छ,’ डा. पोखरेलले भने, ‘क्षयरोग ठूलो होइन । हाम्रो लापरवाहीले ठुलो बनाएको हो, स्वास्थ्य संस्थाले औषधि वितरण गर्नु मात्र नभई परामर्श दिनु पनि औषधि भन्दा ठूलो उपचार हो ।’

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार १५ देखि ५० वर्ष उमेर समुहका ब्यक्तिमा क्षयरोग बढी देखिने गरेको छ । जिल्लामा आव ०७३/७४ मा २ सय ५६ जना दर्ता भएका थिए । उनीहरु उपचारत छन् । आगामी बर्षमा मात्र उनीहरुको तथ्यांक आउने तथ्यांक सहायक राजेन्द्र पराजुलीले बताए । यो आवको कार्तिकसम्म ४६ पुरुष र २० महिला गरी ६७ जना क्षयरोगका बिरामी भेटिएका छन् । उनीहरुले पनि औषधि सेवन गरिरहेको कार्यालयले जनाएको छ । क्षयरोग र एचआइभी संक्रमण भएको ३ जनाको यो आवमा मृत्यु भएको छ ।


स्याङजामा जिल्ला अस्पताल, चापाकोट अस्पताल, मालुङ स्वास्थ्य केन्द्र, पंचमुल स्वास्थ्य केन्द्र, वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा गरी ५ स्वास्थ्य संस्थामा मात्र क्षय परीक्षणको सुविधा छ । विर्घा र विरुवा स्वास्थ्य चौकीमा पनि छिट्टै प्रयोगशाला संचालन गर्ने तयारी रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : चैत्र १०, २०७४ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?