३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गोरखा प्रदेश नाम राख्न सुझाव

गोरखा — प्रदेश नम्बर ४ को नाम गोरखा प्रदेश राख्न यहाँका सरोकारवालाहरुले सुझाव दिएका छन् । प्रदेश सभाले प्रदेश नम्बर ४ को राजधानी तथा नामाङ्कन गर्न गठन गरेकाे समितिले सुझाव संकलन गरेको हो ।

गोरखा प्रदेश नाम राख्न सुझाव

राजधानी पोखरा भएपनि ऐतिहासिकतासँग जोडिएकाले नाम चाहिँ गोरखा प्रदेशको विकल्पमा अन्य हुन नसक्ने स्थानीयहरुले सुझाव दिए ।

‘ऐतिहासिक धरातललाई बिर्सिएर हुँदैन, पृथ्वीनारायण शाहले यहीबाट नेपाल एकिकरण गरे यहाँ नेपाल भन्दा पहिले गोरखाको नाम आउँछ,’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने । राष्ट्रदेखि अन्तर्राष्ट्रियसम्म गोरखा भनेपछि चिनिने सहभागिहरुको भनाइ थियो ।

‘सुझाव संकलन कर्मकाण्डी मात्र नहोस्, सुझाव लिएका थियौँ भन्ने नहोस्, नाउँ गोरखा उपयुत्त हुन्छ ’ स्थानेश्वर दवाडीले भने । कार्यक्रमका केहि सहभागिले भने तमुवान प्रदेश राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । माओवादी केन्द्रका जिल्ला स्तरीय नेता जगन्नाथ खनालले भने,‘हामीले पहिलेदेखि तमुवान भन्दै आएका छौँ, आदिवसी जनजातिको बहुल्यता रहेको क्षेत्र हो ।’

प्रदेशको राजधानी पनि पालुङटार क्षेत्रमा हुनुपर्ने केही सहभागिको सुझाव छ । समथर भू–भाग र प्रदेशका सबै जिल्लाको केन्द्रविन्दु पर्ने भएकाले उक्त क्षेत्रमा राजधानी हुनुपर्ने सहभागिहरुले धारणा राखे । आइतबार सांसद हरिशरण आचार्य र सरिता गुरुङ सुझाव संकलनका लागि आएका थिए ।

प्रकाशित : वैशाख ९, २०७५ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?