प्रदेशको नामको आधार प्राकृतिक सम्पदा 

पोखरा — प्रदेशसभाले प्रदेशको नाम र राजधानीका लागि जिल्ला तहमा सुझाव संकलन गरिरहेका बेला मंगलबार पोखरामा पाँच संगठनले ज्ञापनपत्र बुझाएका छन् ।

प्रदेशको नामको आधार प्राकृतिक सम्पदा 

प्रदेशको नामकरण गर्दा जाति र समुदाय विशेषको नामबाट नभई प्राकृतिक सम्पदाका आधारमा गर्नुपर्ने माग गर्दै क्षत्री समाज, ब्राह्मण समाज, ठकुरी संगम, दसनामी समाज र मुस्लिम धार्मिक संरक्षण सेवा समितिले राजधानी तथा प्रदेश नामांकन सुझाव समिति संयोजक सांसद विन्दुकुमार थापालाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले नदीपुरस्थित प्रदेशसभा हलमै पुगेर ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित : वैशाख ११, २०७५ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?