१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गोरखा कारागारका कैदीबन्दी आन्दोलित

गोरखा — नाइके र सहनाइकेले आफूलाई शोषण र भेदभाव गरेको भन्दै गोरखा कारागारका पुरुष कैदीबन्दी आन्दोलित भएका छन् । कारागारका १२ जना नाइके र सहनाइकेलाई सरुवा गर्नुपर्ने माग उनीहरूको छ । 

गोरखा कारागारका कैदीबन्दी आन्दोलित

१२ बुँदे माग राख्दै मंगलबार बिहान उनीहरूले प्रवेशद्वारको भित्री गेटमा ताला लगाइदिएका थिए ।


‘नाइकेहरूलाई बाहिर निक्लन दिँदैनौं भनेर कैदीबन्दीले भित्री गेटमा ताला लगाइदिए,’ कारागार प्रशासनका शाखा प्रमुख शशिधर सुवेदीले भने, ‘हामी आपसी छलफलबाट समस्याको निकास निकाल्न प्रयासरत छौं ।’


अनधिकृत असुली, धम्की, कुटपिट र दुव्र्यवहार गर्दै नाइके र सहनाइकेले कारागारमा बस्न असहज बनाएको कैदीबन्दीको आरोप छ ।


कारागारभित्र उद्यम गर्ने कैदीबन्दीका औजार र सरसमानबाट पैसा असुल्ने गरेको, खेलकुद सामान प्रयोग गरेबापत पैसा उठाउने, चौकिदार र बजार नाइकले मादकपदार्थ सेवन गरी डर–त्रास दिने गरेको कैदीबन्दीले बताएका छन् ।

प्रकाशित : वैशाख ११, २०७५ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?