१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३
गण्डकी

Pradesh-4

इन्जिनियरिङ र कृषि प्रविधिमा आकर्षण

भर्ना अभियान जारी रहँदा सामुदायिक विद्यालयलाई चाप परिरहेको छ । त्यसमा पनि यहाँका इन्जिनियरिङ र कृषि प्राविधिक विषय अध्यापन गराउने विद्यालयलाई परेको चाप छुट्टै छ ।  

इन्जिनियरिङ र कृषि प्रविधिमा आकर्षण

सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन स्थानीय तह सक्रिय

विपन्न र अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन धार्चे गाउँपालिकाले ‘एक विद्यार्थी एक स्पोन्सर’ कार्यक्रम घोषणा गरेको छ । गाउँपालिकामा कार्यरत सरकारी कर्मचारी, निर्वाचित जनप्रतिनिधिलाई अभियानमा ऐक्यबद्घता जनाउन अनुरोध गरिएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन स्थानीय तह सक्रिय

प्रदेशको पहिलो बजेट पेस

प्रदेश ४ को सरकारले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि बुधवार प्रदेश सभामा आयव्यय विवरणसहित बजेट पेस गरेको छ ।आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सरकारको नीति तथा कार्यक्रममै केन्द्रित रहेर बजेट ल्याएका हुन् ।

प्रदेशको पहिलो बजेट पेस

शैक्षिक गुणस्तर सुधार्न प्रज्ञार्थी शिक्षक

शैक्षिक सुधार अभियान सञ्चालन गरेको मस्र्याङ्दी गाउँपालिकाले स्कुलमा प्रज्ञार्थी शिक्षक (फेलो) खटाएका छन् ।पहिलो चरणमा गाउँपालिकाभित्रका माध्यामिक तहको पठनपाठनमा सुधार ल्याउन प्रज्ञार्थी शिक्षक पठाएको हो ।

शैक्षिक गुणस्तर सुधार्न प्रज्ञार्थी शिक्षक

वैकल्पिक पदमार्ग प्रभावकारी भएन

पुराना गोरेटो विस्तारित सडकमा गाडी आउजाउ गर्न थाले । कतै सडक स्तरोन्नतिले धूलो धूँवा बढेर पदयात्रीलाई सास्ती दिने हुँदै आयो । यसको विकल्पमा पदयात्रीका लागि प्रस्ताव गरिएको तातोपानी–मार्फा–जोमसोम–मुक्तिनाथ पदमार्ग अझै प्रभावकारी बन्न सकेको छैन ।

वैकल्पिक पदमार्ग प्रभावकारी भएन

आँगन भत्काउँदै सडक खन्दै

मोदी ६ को डिमुवा–गिज्यान–गाडतारा ११ किलोमिटर सडक साँघुरो हुँदाको समस्या भोगेका गिज्यानवासी यतिबेला खुसी छन् । गाउँपालिकाले सडक विस्तार गर्ने योजना अघि बढाएपछि खुसी भएका हुन् ।

आँगन भत्काउँदै सडक खन्दै
वैशाख १९, २०७५

धाराको पानीमा फोहरमैला

बेंसीसहरको मनाङेचौताराकी विनीता गुरुङको घरमा धारामा कहिलेकाहीं मात्रै पानी आउँछ । पानी आए पनि धमिलो र फोहोरमैला आइदिँदा उनी दुई महिनायता गैरीधाराको पानी प्रयोग गर्छिन् । ‘पिउन र खाना पकाउन त परै जाओस् धाराको पानीले लुगा धुन र ट्वाइलेटमा प्रयोग गर्न पनि मिल्दैन,’ उनले भनिन्, ‘गैरीधाराको पानी ओसार्दैमा हैरान भएकी छु ।’

धाराको पानीमा फोहरमैला

साउदीको जेलमा परेका श्रीमान्‌को रिहाइको माग

मजदुर दिवस मनाइरहँदा मंगलबार यहाँ एक महिलाले रोजगारीका लागि विदेश गएर जेलमा परेका श्रीमान्‌को उद्धारका लागि सहयोग गरिदिन आग्रह गरेकी छन् । भीमसेन थापा गाउँपालिका ७ बोर्लाङका कुमार रानामगर सेप्टेम्बर २०१७ देखि प्रहरी हिरासत र जनावरी २०१८ देखि साउदी अरबको अफिम सेन्ट्रल जेलमा छन् ।

साउदीको जेलमा परेका श्रीमान्‌को रिहाइको माग

आत्मनिर्भरताका लागि अल्प र दीर्घकालीन योजना

बागलुङ नगरपालिकाले आत्मनिर्भर नगर बनाउन तात्कालिक र दीर्घकालीन योजना अघि सार्ने भएको छ । योजना छनोट र आन्तरिक स्रोत वृद्धिका लागि जनप्रतिनिधिको तीन दिनसम्म भएको बैठकले यस्तो निर्णय गरेको हो । पाँच वर्षमा पूरा हुने र १५ वर्षमा पूरा गर्न सकिने गरी दुई प्रकारका योजनालाई प्राथमिकता दिने निर्णय भएको हो ।

आत्मनिर्भरताका लागि अल्प र दीर्घकालीन योजना