३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सिउरुङमा महोत्सवको तयारी

लमजुङ — पर्यटकीय गाउँ सिउरुङ महोत्सवको तयारीमा जुटेको छ । मर्स्याङ्दी गाउँपालिका ३ मा पर्ने यो गाउँमा जेठ ११ देखि तीनदिने महोत्सव आयोजना गरिने भएको छ ।

सिउरुङमा महोत्सवको तयारी

महोत्सव आयोजना ०६२ देखि गर्दै आएका स्थानीयले यसपटक ११ औं संस्करण भव्यताका साथ मनाउने तयारी गरेको बेंसीसहरमा बुधबार आयोजित पत्रकार भेटघाटमा स्थानीयले बताए । आन्तरिक तथा वाह्य पर्यटकको रोजाइमा परेको सिउरुङको पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजनालाई निरन्तरता दिइएको आयोजक समिति संयोजक नन्द घलेले बताए । ‘प्राकृतिक एवं सांस्कृतिक रूपले सिउरुङ पर्यटकका लागि मनमोहक छ,’ उनले भने, ‘यही भरिपूर्णलाई हामी धेरैभन्दा धेरै पर्यटकलाई देखाउन चाहन्छौं ।’

महोत्सवमा अर्गानिक खानाका परिकार, विभिन्न सांस्कृतिक कार्यक्रम, जडीबुटी, गाउँमै तयार पारिएको हस्तकला सामग्री प्रदर्शनी गरिने समिति सचिव पूर्णसिंह गुरुङले बताए । उनका अनुसार महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि रहने छ । तमु संग्रहालयको अवलोकन, गुम्बा, शिलादेवी, महादेवी, जलदेवी, नयाँदेवी र बुटकन्यादेवीलगायत मन्दिरको दर्शनसमेत गर्न मिल्ने व्यवस्था गरिनेछ । ‘हामी रोधीं, घाँटु, सोरठी, कृष्णचरित्र, सारंगी नाच, घ्याब्रेपच्यु नाच देखाउँछौं,’ उनले भने, ‘महोत्सवबाट लोपोन्मुख संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धन हुनेछ ।’

मस्र्याङ्दी गाउँपालिकाकी कार्यापालिका सदस्य पारकाशी गुरुङले गाउँमा आउने पर्यटकलाई गाउँमै तयार पारिएका खाद्यान्न खुवाइँदै आएको बताए । पाहुनाका लागि विषेश प्रकारको सिस्नुको फाँडो बनाइने उनले बताइन् । मस्र्याङ्दी गाउँपालिका ३ का वडाअध्यक्ष प्रेमबहादुर बस्नेतले अबको महोत्सवले ग्रामीण पर्यटन प्रवद्र्धनलाई मात्रै नभई गाउँ वरपरका गाउँको पर्यटन प्रवद्र्धन र ती ठाउँलाई सिउरुङसँग जोड्ने अभियानको थालनी भएको बताए ।

प्रकाशित : जेष्ठ ३, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?