कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

चन्दाबाटै पक्की पुल

गोरखा — अबुवा मनकामना सडकखण्डअन्तर्गत लुदी खोलामा चन्दाबाट पक्की पुल निर्माण भएको छ । पुलको मंगलबार प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका छन् ।

चन्दाबाटै पक्की पुल

गोरखा नगरपालिका १२ अबुँवा र सहिद लखन गाउँपालिका १ बक्राङ जोड्ने पुल निर्माणका लागि १ करोड ७३ लाख रुपैयाँ खर्च भएको स्थानीय निर्माण समिति सदस्य एकबहादुर परियारले बताए । स्थानीयले चन्दा संकलन गरेर उक्त पुल निर्माण गरेका हुन् ।

बक्राङका स्थानीयबाट मात्रै १२ लाख रुपैयाँ संकलन भएको परियारले बताए । ‘हामीले विदेशीसँग पनि पुल बनाउन सहयोग माग्यौं,’ उनले भने । पुल निर्माण भएसँगै गाउँसम्म गाडी पुग्न सजिलो हुने भन्दै स्थानीय खुसी छन् । ०५४ सालमा निर्माण सुरु भएको उक्त सडकखण्डमा पुल अभावमा सवारी नियमित सञ्चालन हुन सकेको थिएन ।

प्रकाशित : जेष्ठ ३, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?