कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

१४ कानुन बन्दै

पोखरा — प्रदेश सरकारले धमाधम कानुन बनाइरहेको छ । गत माघ २२ मा प्रदेशसभाको पहिलो बैठक र फागुन ४ मा मन्त्रिपरिषद् गठन भएयता ७ कानुन बनिसकेको अवस्थामा हाल १४ विधेयक बनिरहेका छन् ।

१४ कानुन बन्दै

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव फणीन्द्रमणि पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक स्वीकृति लिएर धमाधम विधेयकको मस्यौदा बनिरहेका छन् । प्रदेश आकस्मिक कोष, प्रदेश सार्वजनिक खरिद, स्थानीय तहका कानुन निर्माण प्रक्रिया, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवा सर्त, प्रादेशिक सहकारी, प्रादेशिक दुग्ध विकास बोर्ड गठन, प्रादेशिक कृषि व्यवसाय प्रवद्र्धनसम्बन्धी विधेयक बनिरहेका छन् ।

यसैगरी वन्यजन्तु उद्धार केन्द्र, वर, पीपल तथा चौतारो संरक्षण, प्राणी उद्यान (चिडियाखाना), वातावरण संरक्षण, प्रादेशिक सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन), प्रादेशिक विश्वविद्यालय र प्रादेशिक खोपसम्बन्धी विधेयक पनि बनिरहेका उनले बताए ।

प्रकाशित : जेष्ठ ३, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?