२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नयाँ पदमार्ग पहिचान

लेखनाथ — कास्कीको अन्नपूर्ण गाउँपालिकाका तीन वडालाई समेट्ने नयाँ पदयात्रा मार्गको पहिचान भएको छ । गाउँपालिकाले वडा ८, १० र ११ मा ओझेलमा परेका पर्यटकीय स्थललाई समेटेर पदमार्गको खोजी गरेको हो ।

नयाँ पदमार्ग पहिचान

वीरेठाँटीबाट सुरु हुने पदमार्ग मोहोरिया, थामडाँडा, टाडापानी, घान्द्रुक हुँदै पुन: वीरेठाँटीमै टुंगिन्छ । स्थानीयको माग अनुसार गाउँपालिकाले पदमार्गको सर्भे गरी बाटो निर्माण गरेको छ । पदमार्गलाई व्यवस्थित गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्न सक्ने वडा नम्बर ८ का अध्यक्ष विजय गुरुङको विश्वास छ । हिमालका लोभलाग्दा दृश्यसँगै धार्मिक, साँस्कृतिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यतायुक्त स्थलको अवलोकन पदमार्गको विशेषता रहेको उनी बताउँछन् । पदमार्गमा पूर्वाधार विकासका लागि अगामी दिनमा गाँउपालिकासँगको समन्वयमा बजेट विनियोजन गरिन उनले बताए ।

पदयात्रीका लागि पूर्वाधार निर्माण नभइसकेपनि प्राकृतिक सौन्दर्य र ऐतिहासिक स्थलले यात्रालाई सहज बनाइदिने पदयात्री राम गुरुङको अनुभव छ । बाटोमा भेटिने ऐतिहासिक स्थलले पदयात्राको अकर्षण बढाएको उनको बताए । पोखराबाट ५२ किलोमिटर सवारीसाधनको यात्रा पछि वीरेठाँटी पुगिन्छ । जहाँबाट पदयात्रा मार्गको सुरुआत हुन्छ । पदमार्ग कास्कीको अन्नपूर्ण आधार शिविर, घोरेपानी लगायत पदमार्गसँग पनि जोडिन्छ । पदमार्ग व्यवस्थापन समिति संयोजक मानसिंह गुरुङले पदमार्गको अवधारणा कार्यान्वयनका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको बताए ।

पदमार्गमा पर्ने गाउँमा गुरुङ समूदायको बाक्लो बसोबास छ । दलित, ब्राह्मण, क्षेत्री, मगर लगायत जातिको संख्या उल्लेख्य छ । दुई रात तीन दिनमा पूरा गर्न सकिने पदमार्गमा आवश्यक पूर्वाधार निर्माणसँगै सुधार गर्न सकिए वैकल्पिक पदमार्ग बन्नेमा स्थानीय आशावादी छन् । वीरेठाँटी छाहरा कुना, होमस्टे, थामडाँडा, २९ सय मिटर उचाइमा रहेको भ्रेज मेश्रम बराह मन्दिर, ऐतिहासिकस्थल मु्रस्याें थान, पर्यटकीय गन्तव्य टाडापानी, भैंसी खर्क, घान्दु्रक यस पदमार्ग भित्र पर्छन् । पदयात्रीले मनोरम अर्गानिक परिकारसँगै क्यानोनिङ, मादी खोलामाा कायाकिङ लगायत साहसिक खेलको मज्जा समेत लिन पाउँछन् ।

प्रकाशित : जेष्ठ ६, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?