३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गाई काटेको आरोपमा तीन जना पक्राउ

प्रतिक्षा काफ्ले

स्याङजा — चापाकोट नगरपालिका–२ चिर्तेथुङगाका ३ जनालाई गाई काटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

गाई काटेको आरोपमा तीन जना पक्राउ

सोमबार साँझ स्थानीय लालबहादुर नेपाली, मंगल नेपाली र अनिल नेपालीलाई प्रहरी चौकी चापाकोटले नियन्त्रणमा लिएको हाे ।

लालबहादुरको घरमा रहेको गाई घरबाट ६० मिटर तल लगेर काटेको भन्ने खबर स्थानीयले दिएपछि तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले बताए ।


पक्राउ परेकालाई मुलुकी ऐन २०२० गौबधको महल अनुसार मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता गरिने एसपी सापकोटाले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?