१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पुन: मतगणनाको मुद्दा खारेज

अधिकृत मोतीराम सापकोटा र एमालेका वडाध्यक्षका उम्मेदवार ओमप्रकाश कुँवरविरुद्धको मुद्दामा अदालतद्वारा वादीको दाबी पुग्न नसक्ने ठहर

बागलुङ — गत वर्षको वैशाख ३१ मा भएको स्थानीय तह निर्वाचनमा मतगणना दोहोर्‍याई पाउँ भन्दै परेको मुद्दा उच्च अदालत पोखरा, बागलुङ इजलासले खारेज गरेको छ ।।

पुन: मतगणनाको मुद्दा खारेज

पर्वतको बिहादी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयका अधिकृत मोतीराम सापकोटा र एमालेका वडाध्यक्षका उम्मेदवार ओमप्रकाश कुँवरविरुद्ध बिहादी गाउँपालिका २ का गोविन्दप्रसाद पाध्याले दिएको मुद्दामा अदालतले वादीको दाबी पुग्न नसक्ने ठहर गर्दै खारेज गरेको हो ।

उक्त निर्वाचनमा वडा २ को मगतणनामा कुँवर र सापकोटाले मिलेमतो गर्दै रूख चिह्नमा परेको मतलाई सूर्य चिह्नमा गणना गराएर हराइएको आरोप लगाई पाध्याले मुद्दा दिएका थिए । बिहादी २ को आम्बारी मावि मतदान केन्द्रको ‘क’ र ‘ख’ केन्द्रमा गाउँपालिकाको अध्यक्षमा खसेको मत गणना दोहोर्‍याएर गराउन माग गरिएको थियो ।

न्यायाधीश हरिप्रसाद पौडेलको इजलासले निर्वाचन अधिकृत सापकोटाले उम्मेदवार कुँवरलाई वडाध्यक्षमा निर्वाचित गरेको निर्णय स्थानीय तहको निर्वाचन ऐन २०७३ तथा निर्वाचन कसुर सजाय ऐन २०७३ समेत बमोजिम भएको देखिएकाले पाध्याले दोहोर्‍याई मतगणना गराइपाऊँ भन्ने दाबी पुग्न नसक्ने ठहर गरेको हो । गत स्थानीय तह र संसदीय निर्वाचनको विषयमा परेका मुद्दाहरूमा यो पहिलो फैसला हो ।

उक्त निर्वाचनमा बिहादी गाउँपालिका अध्यक्षमा पाध्या झिनो मत अन्तरले पराजित भएका थिए । मतगणनामा धाँधली गर्दा आफू पराजित भएको भन्दै उनी अदालत पुगेका थिए ।

प्रकाशित : जेष्ठ ८, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?