१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लागु औषधसहित ५ पक्राउ

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको देवचुली नगरपालिका क्षेत्रबाट लागु औषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

लागु औषधसहित ५ पक्राउ

सुराकीको आधारमा चेकजाँच गर्दा देवचुलीका अजय तामाङ्ग, सुनिल तामाङ्ग, होमबहादुर राजबंशी, सुदिप पौडेल र टीकाराम काफ्लेलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।


लागु औषध प्रयोग गर्ने र बेचबिखनकालागि शरिरमा लुकाएर हिडेको भन्ने सुराकीको आधारमा चेकजाँच गर्दा उनीहरु लागु औषधसहित पक्राउ परेका हुन् । उनीहरुबाट फेनारगन, एम्पुल, नुरफिन, सेरेजेक एम्पुल बरामद भएको छ । उनीहरुबाट २ वटा मोटरसाइकल बरामद भएको प्रहरीको भनाई छ ।

प्रकाशित : जेष्ठ १७, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?