१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तास खेल्दै गरेका १२ जुवाडे पक्राउ

आश गुरुङ

लमजुङ — तास खेल्दै गरेको अवस्थामा प्रहरीले १२ जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुलाई बेंसीसहर नगरपालिका ८ शेराकुनास्थित राजकुमार अधिकारीको घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तास खेल्दै गरेका १२ जुवाडे पक्राउ

पक्राउ पर्नेमा घरधनी अधिकारीसहित १२ जना छन् । अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रहरी निरीक्षक बुद्धिसागर पुरीका अनुसार सुराकीको आधारमा बुधबार साँझा छापा मार्दा उनीहरु रंगेहात पक्राउ परेका हुन् । उनीहरुको साथबाट ४० हजार ५ सय २० रुपैयाँ नगद बरामद गरिएको पुरीले बताए ।


यस्तै, सार्वजनिक स्थानमा छक्कापोट (खट्कटे) र क्यारमबोर्ड समेत बरामद गरेको छ ।


बेंसीसहर नगरपालिकाका सडक छेउ शेरा, मनाङे चौतारा, पुरानो बैंकचोक लगायत स्थानबाट ५ वटा छक्कापोट र एउटा क्यारमबोर्ड बरामद गरेको प्रहरीले जनाएको छ ।


छक्कापोट र क्यारमबोर्ड खेल्नेलाई सम्झाइबुझाई पठाएको प्रहरीले जनाएको छ । लमजुङमा हाल डीएसपी यादव ढकाल सरुवा भएर आएपछि प्रहरीले जुवातास खेल्ने ठाउँमा छापा मारेको हो ।


दुइ साताअघि सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले समाजमा शान्ति तथा अमनचयन कायम गर्न गराउन र जुवातासजन्य खेललाई प्रतिवन्ध लगाउन प्रशासन लागि पर्ने घोषणा गरेका थिए ।

प्रकाशित : जेष्ठ १७, २०७५ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?