२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

कार्यालय सार्न माग गर्दै वडा कार्यालयमा तालाबन्दी 

नारायण शर्मा

नवलपरासी — वडा कार्यालय पायक पर्ने स्थानमा सार्नुपर्ने माग राख्दै स्थानीयले कावासोती नगरपालिका–७ को कार्यालयमा तालाबन्दी गरेका छन् । 

कार्यालय सार्न माग गर्दै वडा कार्यालयमा तालाबन्दी 

हाल टरुवा बजारमा रहेको वडा कार्यालयलाई बहुसंख्यक वडावासीलाई पायक पर्ने साँढको ठूलो टोलमा सार्न माग गरेका छन् ।

उनीहरुले अहिले राखेको कार्यालय अपायक रहेको भन्दै कार्यालय सार्न माग गर्दै आएका छन् । अहिलेको कार्यालय आसपासका बासिन्दाले सार्न नदिएपछि बिरोध जनाउँदै आइतबार स्थानीयले तालाबन्दी गरेका हुन् । कार्यालय सार्न भन्दै आइतवार सयौको संख्यामा वडा कार्यालय पुगेका थिए । टरुवाका बासिन्दाले अहिलेकै स्थानमा रहनुपर्ने अडान लिएपछि तालाबन्दी गरिएको साँढका चन्द्रप्रसाद चापागाईले बताए ।

४८ सय जनसंख्या रहेको उक्त वडाको साँढ आसपासमा ७० प्रतिशत बसोबास छ । मासिक ३ हजार भाडा तिरेर अहिलेको वडा कार्यालय संचालन हुदै आएको छ । वडा अध्यक्ष नन्दकुमार गुरौले बहुसंख्यकको माग अनुसार वडा कार्यालय सहमति मै सार्न प्रयास हुँदाहुँदै हतार गर्दा समस्या आएको बताए । उनले बहुसंख्यकको माग अनुसार पायक पर्ने स्थानमा लैजादा उपयुक्त हुने बताए ।

साँढमा वडा कार्यालयको भवन निर्माणका लागि स्थानीयले ४ कठ्ठा ४ धुर जग्गा समेत दान गरेका छन् । वडा कार्यालय सार्ने बारे सुझाव दिन कावासोती नगरपालिकाद्वारा गठित समितिले हालको स्थानबाट पायक पर्ने स्थानमा सार्नुपर्ने सुझाब दिएको छ । सर्वदलीय समितिले समेत हालको स्थानबाट कार्यालय सार्न सुझाब दिएकाले ढिलो भए पनि कार्यालय सार्ने नगरपालिकाले जनाएको छ ।

प्रकाशित : जेष्ठ २०, २०७५ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?