कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

शिक्षकमाथि विद्यार्थीलाई बलात्कार गरेको आरोप 

प्रतिक्षा काफ्ले

स्याङजा — चापाकोट नगरपालिका–७ मा रहेको गंगालाल माविका एक शिक्षकलाई बालिका बलात्कार गरेको आरोप छ । सोही विद्यालयको ७ कक्षामा अध्ययनरत १४ वर्षीया बालिकालाई बलात्कार गरेका दाबी गरिएको छ । आरोपी शिक्षक रामभक्त आचार्य भने हाल फरार छन् । 

शिक्षकमाथि विद्यार्थीलाई बलात्कार गरेको आरोप 

चैत्त दुई गते परीक्षाको समयमा विद्यालय नजिकै शितलटार जंगलमा लगेर ललाईफकाई जबरजस्तीकरणी गरेको पीडितको भनाइ छ । पिडक आचार्यले टिसर्ट, मोबाइल र १० हजार रुपैयाँ दिने र कसैलाई नभन्ने सर्तमा घटना लुकेको पीडितकी आमाले बताइन् । उनका अनुसार वैशाख ३० गते पुन: बलात्कार गरेपछि घटना बाहिर आएको हो ।


पीडित परिवार न्याय माग्दै चापाकोट नगरपालिका, प्रहरी चौकी चापाकोट हुँदै मुद्दा दर्ता गर्न वडा प्रहरी कार्यालय आएका छन् । पीडित बालिकाले आफ्नै हस्ताक्षरमा निवेदन दिएको प्रहरीले बताएको छ । शिक्षक आचार्य घटना बाहिर आउने बित्तिकै फरार रहेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले बताए ।


आचार्यको खोजी कार्य जारी छ भने, बालिकालाई स्वास्थ्य परीक्षण गराउन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरीले बतायो । जबरजस्तीकरणी गरेको आरोपमा जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता हुने प्रहरीले जनायो । मुलुकी ऐन अनुसार १० वर्षदेखी १४ वर्षसम्मको बालिका बलात्कार गरेको घटना पुष्टि भएमा ८ देखी १२ वर्षसम्म जेल सजाए हुने व्यवस्था छ ।


प्रकाशित : जेष्ठ २१, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?