माटोको ढिस्कोले पुरिएर युवकको मृत्यु

आश गुरुङ

लमजुङ — पानी ट्यांकी निर्माण गर्ने क्रममा मध्यनेपाल नगरपालिका–७, ईशानेश्वरमा ढिस्कोले पुरिएर एक युवकको मृत्यु भएको छ । दुईजना सख्द घाइते भएका छन् ।

माटोको ढिस्कोले पुरिएर युवकको मृत्यु

माटोको ढिस्कोले पुरिएर मध्यनेपाल नगरपालिका–७ राम्चेका १८ वर्षीय श्यामबहादुर परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर जयराम वन्तले जानकारी दिए ।


माटोको ढिस्कोले पुरिएर घाइते भएकाहरुमा मध्यनेपाल नगरपालिका–७ चिसंकुका ५६ वर्षीय किनबहादुर नेपाली अछामी र ५५ वर्षीय माधव अधिकारी अपरान्ह डिस्चार्ज भएका छन् ।

प्रकाशित : जेष्ठ २४, २०७५ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?