१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पौडी खेल्दा बेपत्ता चौधरीको शव चार दिन पछि भेटियो

हरिराम उप्रेती

गोरखा — पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर चार दिन पछि मृत भेटिएका छन् । सप्तरी इटहरुवा–९ सितापुर घर भइ यहाँ पुल निर्माणको काममा संलग्न मजदुर ३८ वर्षीय जितेन्द्र चौधरी पौडी खेल्ने क्रममा गत २५ गते शुक्रबार पालुङटार नगरपालिका–७ च्याङलीस्थित नायाँ पुल नजिकैको मस्र्याङदी नदीमा बेपत्ता भएका थिए ।

पौडी खेल्दा बेपत्ता चौधरीको शव चार दिन पछि भेटियो

उनको शव सोमबार साँझ गोरखा नगरपालिका–१४ देउरालीस्थित गोप्लिङको मस्र्याङदी किनारमा फेला परेको डीएसपी भेषराज रिजालले जानकारी दिए ।


प्रकाशित : जेष्ठ २९, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?