१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तनहुँमा प्रहरी र विद्यार्थीबीच झडप

प्रताप रानामगर

दमौली — पेट्रोलियम पदार्थको मुल्य वृद्धि र बालकृष्ण ढुंगेलको रिहाईको विरुद्धमा नेविसंघ तनहुँले मंगलबार साँझ दमौलीमा मसाल जुलुश निकालेको छ ।

तनहुँमा प्रहरी र विद्यार्थीबीच झडप

नेपाली कांग्रेस पार्टी कार्यालय तनहुँबाट निस्केको मशाल जुलुश सफा सडक हुर्दै मेनचोकमा पुगी कोणसभा गर्ने क्रममा दोहोरो झडप भएको छ ।


मेनचोकमा प्रधानमन्त्री केपी ओली विरुद्ध नाराबाजी गर्ने क्रममा प्रहरी र विद्यार्थीबीच झडप हुँदा नेविसंघ तनहुँका जिल्ला अध्यक्ष चुडामणि खनाल, सचिव विमल गिरी, क्षेत्रिय सभापति समुन थापामगर र पूर्व केन्द्रिय सदस्य लक्ष्मीभत्त खनाल घाइते भएको नेविसंघ प्रवक्ता हरि खनालले बताए ।

दुवै पक्षबीच झडप हुँदा दमौली बजार केही तनावग्रस्त हुन पुगेको थियो ।मशाल जुलुश पछि प्रधानमन्त्री ओलीको पुत्ला समेत दहन गरेको छ ।


पेट्रोलियम पदार्थ मुल्य वृद्धि फिर्ता लिनुपर्ने, बलात्कारको आरोप लागेका घिरिङ्ग गाउँपालिका वडा नम्वर ४ वडा अध्यक्ष झक बहादुर कुमाल र वडा सदस्य शक्ति थापालाई पक्राउ नगरेको भन्र्दै नेविसंघले विरोध स्वरुप मशाल जुलुश र प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको नेविसंघले जनाएको छ ।


यता प्रहरीले भने झडपमा कुनै पनि विद्यार्थी घाइते नभएको बताएको छ । प्रहरीले मशाल जुलुश खोस्न खोज्दा सामान्य धकेला धकेल भएको प्रहरी उपरिक्षक सिद्धीविक्रम शाहले बताए ।


आन्दोलन दबाउन प्रहरीले लाठी चार्ज गरेको नेविसंघका जिल्ला अध्यक्ष चुडामणि खनालले आरोप लगाए ।

प्रकाशित : जेष्ठ २९, २०७५ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?