कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फरार अभियुक्त ७ वर्षपछि पक्राउ

आश गुरुङ

लमजुङ — कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । मर्स्याङ्दी गाउँपालिका-४, ताघ्रिङका ३५ वर्षीय बाबुराम तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

फरार अभियुक्त ७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा घटना भएको दिन २०६८ वैशाख १२ गतेबाट फरार तामाङको विपक्षमा जिल्ला अदालत लमजुङले २०६९ मंसिर २७ गते ५ सय रुपैयाँ जरिवाना हुने गरी फैसला गरेको थियो । त्यसपछि पुनराबेदन अदालत पोखराले २०७१ साल जेठ २६ गते फैसलालाई उल्टाएर तामाङलाई ६ महिना कैद फैसला गरेको थियो ।


घटना भएदेखि फरार तामाङलाई बाहुनडाँडा प्रहरी चौकीको प्रहरी टोलीले मंगलबार घरबाट पक्राउ गरेको डीएसपी यादव ढकालले बताए । उनका अनुसार तामाङलाई बुधबार जिल्ला कारागार चलान गरिएको छ ।


प्रकाशित : असार १, २०७५ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?