कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

आकर्षणमा शाश्वतधाम

नारायण शर्मा

नवलपरासी — दुम्कौलीस्थित शाश्वतधाममा १५ महिनाको अवधिमा १७ लाख धार्मिक पर्यटक पुगेका छन् । धाम प्रवेशद्वारको डिजिटल काउन्टर मेसिनमा गत वैशाख १ मा ४० हजार आगन्तुकले प्रवेश गरेको रेकर्ड छ ।

आकर्षणमा शाश्वतधाम

हिन्दु धर्मका मुख्य देवीदेवताको एउटै थलोमा दर्शन गर्न पाइने धामका मन्दिरको विशेषता छ । पछिल्लो पटक भारतीय दर्शनार्थीहरू पनि आउने क्रम बढेको छ ।

धामका भव्य र आकर्षक मन्दिर निर्माण गर्न पाँच दर्जन भारतीय कालिगढलाई १४ वर्ष लागेको थियो । महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दुम्कौलीमा करिब ८० बिघामा चौधरी उद्योगग्राम छ । त्यसैको दक्षिणतिरको ७ बिघामा शाश्वतधाम निर्माण गरिएको हो । कला र वास्तुशास्त्र मिलाएर निर्मित धाममा एकै स्थानमा धेरै देवदेवीका मूर्ति दर्शन गर्न सकिन्छ । धामको आकर्षणमा एकाम्बेश्वर महादेवको मन्दिर छ । मन्दिरको चारैतिर तलाउ र पानीको फोहोरा छ । राति पानीको फोहोरा चलाउँदा मन्दिर पानीमा अडिएको भान हुन्छ । धामको निर्माण औद्योगिक घराना चौधरी ग्रुपले गरेको हो ।

ग्रुपका महाप्रबन्धक मधु पौडेलले हरेक दिन दर्शनार्थीको घुइँचो लागेपछि लामबद्ध हुने र पालैपालो दर्शन गर्ने व्यवस्था मिलाएको बताए । ‘वृद्धवृद्धा, महिला र बालबालिकाका लागि विशेष व्यवस्था गरिएको छ,’ उनले भने । शनिबार र बिदाका दिन यहाँ धेरै भीड लाग्छ । यहाँ ७२ विद्यार्थी अध्ययनरत संस्कृत गुरुकुल पनि छ ।

मन्दिर परिसरमा गुरुकुल विद्याश्रम, अग्निकुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञकुण्ड, हनुमान मन्दिर, धार्मिक प्रर्दशनीस्थल, संग्रहालय, डिजिटल धार्मिक संग्राहलय, पुस्तकालय, हेरिटेज बिल्डिङ हल, गौशाला र ध्यान केन्द्र पनि निर्माण गरिएका छन् । अग्र्यानिक तरकारी र फलफूल फार्म र सात्विक चमेनागृह पनि छ ।

प्रकाशित : असार ३, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?