१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बागलुङमा पहिरोले क्षति

प्रकाश बराल

बागलुङ — शनिबार राति गएको पहिरोले बागलुङका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ ।  काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका र गलकोट नगरपालिकामा खसेका पहिरोले लाखौंको क्षति भएको हो । 

बागलुङमा पहिरोले क्षति

काठेखोला–८ लेखानीको दोबिल्ला खोलामा खसेको पहिरोले कादेश गाउँसँग सम्पर्क टुटेको छ । पैदल र ग्रामीण सडक मार्फत पुग्नुपर्ने यो गाउँमा बाटो अवरोध हुँदा झण्डै ५ सय मानिसले आउजाउ गर्न नपाएको वडा अध्यक्ष चित्रकला छन्त्यालले बताइन् ।


पहिरोले दोविल्ला खोलाको झोलुंगे पुल समेत भत्काएको छ । ‘नजिकैको ५० रोपनी जमिन भासिएको छ, जुनसुकै बेला खस्न सक्छ,’ छन्त्यालले भनिन्, ‘धेरै किसानको लाखौंको क्षति हुने भएको छ ।’ भासिएको स्थानमा आउजाउ गर्न रोक लगाइएको छ ।


पहिरोको अनुगमन गर्न प्रदेश सभा सदस्य ईन्द्रलाल सापकोटा र गाउँपालिकाका अध्यक्ष अमर थापा पुगेका छन् । साथै जिल्लातहबाट प्राविधिकको टोली खटाइएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए । उनीहरुले ल्याउने प्राविधिक प्रतिवेदनको आधारमा उद्दार र राहतका कार्यक्रम संचालन गर्ने उनले बताए ।

वर्षाकै कारण खसेको पहिरोले जैमिनी १० स्थित जनता मावि दुई दिनका लागि बन्द गरिएको छ । शनिबार राति विद्यालयदेखि माथीबाट सेको पहिरोले यहाँका दुईवटा भवनमा क्षति पुगेको छ । पठनपाठनको व्यवस्थापन मिलाउन नसकेर दुई दिनलाई पढाई रोकिएको शिक्षक नविनप्रताप जिसीले बताए ।


विद्यालयमा रहेको श्रोत केन्द्रको भवनमा पनि क्षति पुगेको छ । विद्यालय छेउका किसानको घरगोठमा पनि क्षति पुगेको हो । बिहान स्थानीयले पशुबस्तुको उद्दार गरेका छन् । शनिवारै गलकोट १ दुदिलाभाटीका भिमबहादुर श्रीषको घरमा क्षति पुगेको छ । पहिलो अझै खस्ने पिरले श्रीषको परिवार बस्न नसकी सुरक्षित ठाउँको खोजीमा छन् ।


प्रकाशित : असार ३, २०७५ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?