१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

‘लुकेको बस्ती’ पुग्न सुरुङ...

घनश्याम खडका

म्याग्दी — लुकेको बस्ती भनिने गुर्जा पुग्न सुरुङ मार्गको सम्भावनाको खोजी सुरु भएको छ ।

‘लुकेको बस्ती’ पुग्न सुरुङ...

धौलागिरि हिमशृंखलाको चुरेन र गुर्जा हिमालको फेदीमा अवस्थित गुर्जालाई मोटरबाटोले जोड्न धौलागिरि गाउँपालिकाले सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरेको हो ।


‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन,’ भन्ने भनाइबाट परिचित बस्तीलाई मोटरबाटोले जोड्न सुरुङ मार्ग बनाउन अध्ययन थालिएको गाउँपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्मा बताउँछन् । ‘जिल्लाको दुर्गम गाउँ सरकारले सुरुङ मार्गको महत्त्वाकांक्षी योजना अघि सारेका छौं,’ उनले भने ।


इन्जिनियर कृष्ण गौतमको नेतृत्वमा सुरुङ मार्गको प्रारम्भिक सर्भे गरेको काठमाडौंको स्टेन्थ डेभलपर्स इन्जिनियरङिले आगामी २ सातापछि प्रतिवेदन बुझाउनेछ । सुरुङ मार्ग धौलागिरि गाउँपालिका २ लुलाङ बस्तीभन्दा ४ किमिमाथि ३ हजार २ सय मिटर उचाइमा अवस्थित जरेओडारबाट प्रवेश र १ नम्बर वडाको गुर्जाभन्दा ५ किमि वर लत्रबाङ चौरमा निक्लने विन्दु नक्सांकन गरिएको छ ।


‘हामीले सम्भाव्यता अध्ययन गर्न लगाएका छौं,’ १ नम्बरका वडाध्यक्ष झकबहादुर छन्त्यालले भने, ‘रिपोर्ट आएपछि दूरी र लागत अनुमान प्रष्ट हुनेछ ।’ सुरुङ मार्ग बनाउनेबाहेक विकल्प सजिलो नभएको उनले बताए । ‘हामीले योजना बनाएर मात्र हुने होइन, राज्यले सहयोग गर्नैपर्छ,’ उनले भने, ‘योजना अघि बढा स्थानीय बासिन्दा आर्थिक, भौतिक र नैतिक सबै प्रकारले सहकार्य गर्न तयार छ ।’


ढोरपाटन सिकार आरक्षभित्र पर्ने मध्यवर्ती क्षेत्रको गुर्जामा छिमेकी बस्तीबाट समेत हत्तपत्त कोही पुग्दैनन् । असंख्य खोंच र विकटतासँगै चुरेन र गुर्जा हिमालको खोकिलामा लुकेको बस्तीलाई पर्याबस्ती तथा जडीबुटी गाउँका नामले चिनिन्छ ।


गुर्जा छन्त्याल जातिको सबैभन्दा ठूलो बस्ती पनि हो । समुद्र सतहबाट ३२ सय २० मिटर उचाइमा अवस्थित यहाँ हिउँदका ४ महिना बाक्लो हिउँले ढाकिन्छ । २ सय ३० घरपरिवारको बसोबास गुर्जामा छ ।

प्रकाशित : असार ६, २०७५ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?