कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गाँजा फडानी गर्न प्रहरी अभियान

स्याङजा — लागुऔषध बिरुद्ध सचेतना कार्यक्रम अन्तर्गत प्रहरीले साताव्यापी गाँजा फडानी अभियान संचालन गरेको छ ।

गाँजा फडानी गर्न प्रहरी अभियान

ग्रामीण भेगमा गाँजा खेती नरोएिक पछि प्रहरीले फडानी अभियान संचालन गर्नु परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लागूऔषध दुरुपयोग एवं ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवसको साताव्यापी कार्यक्रम अन्तर्गत चेतनामूलक कार्यक्रम थालिएको हो ।


सप्ताहको पहिलो दिन बुधबार चेतनामुलक पर्चा पम्प्लेटसहित र्‍याली र कैदीबन्दीलाई लागुऔषध दुर्व्यसन, यसकाे असर, कानुनी व्यबस्था र नियन्त्रणका उपायको बारे कार्यक्रम संचालन गरेको थियो ।


फडानी अभियानअन्तर्गत चापाकोट, चिलाउनेबास, अर्जुनचौपारी, पञ्चमुल र फेदिखोलाका क्षेत्रमा फेला परेका करिब ४ सय बोट गाँजा नष्ट गरिएको निमित्त जिल्ला प्रहरी प्रमुख प्रकाश बिष्टले बताए ।

प्रकाशित : असार ७, २०७५ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?