कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

फरार अभियुक्त पक्राउ

स्याङ्जा — बहुविवाह मुद्दामा एक वर्ष छ महिना कैद सजाय तोकिएर फरार अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट सादा पोषाकमा खटिएको टोलीले आँधीखोला गाउँपालिका–६ का ३४ वर्षीय चन्द्रप्रकाश ढकाललाई घरबाट बुधबार बेलुका पक्राउ गरेको हो ।

फरार अभियुक्त पक्राउ

उनलाई जिल्ला अदालतले ०६४ असार ३२ गते कैद सजाय तोकेको थियो ।


पक्राउ गरिएका ढकाललाई जिल्ला अदालतमा पेस गरी बिहीबार जिल्ला कारागार चलान गरिएको निमित्त जिल्ला प्रहरी प्रमुख प्रकाश विष्टले जानकारी दिए ।


प्रकाशित : असार ७, २०७५ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?