१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बस र ट्रक ठोक्किँदा १५ घाइते 

नारायण शर्मा

नवलपरासी — पूर्वपश्चिम राजमार्ग अन्तरगत गैडाकोटको थुम्सीमा शनिबार बिहान दुईवटा गाडी ठोक्किँदा १५ यात्रु घाइते भएका छन् । 

बस र ट्रक ठोक्किँदा १५ घाइते 

कावासोतीवाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९२७ नम्बरको ट्रकलाई पछाडिबाट आउँदै गरेको ना ६ ख ४१६ नम्बरको बसले ठक्करदिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

घाइते मध्ये बस चालक दांङका उमेश केसीको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ९, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?