कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

खस्कियो सामुदायिकको नतिजा

स्याङ्जा — यसपटकको एसईईमा जिल्लाका सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक छैन । जिल्ला शिक्षा समन्वय इकाइका परीक्षा शाखाका प्रमुख सोमनाथ भण्डारीका अनुसार सामुदायिकका तुलनामा निजीका विद्यार्थीको नतिजा राम्रो पाइएको छ ।

खस्कियो सामुदायिकको नतिजा

राम्रो नम्बर ल्याउने उत्कृष्ट १० विद्यार्थीमध्ये नौजना निजी विद्यालयका छन् । ग्रेड ३.९ ल्याउनेमध्ये एकजना सामुदायिक र अन्य निजी विद्यालयका बिद्यार्थी छन् । ३.६५ ग्रेड प्वाइन्टदेखि ३.९ सम्म ‘ए–प्लस’ ल्याउने ६६ जना छन् ।

३.२५ ग्रेड प्वाइन्टदेखि ३.६ सम्म ‘ए’ ल्याउने ३ सय ६५, २.८५ ग्रेड प्वाइन्टदेखि ३.२ सम्म ‘बी प्लस’ ल्याउने ६ सय ८७ र २.४५ ग्रेड प्वाइन्टदेखि २.८ सम्म ‘बी ग्रेड’ ल्याउने १ हजार १ सय ६९ जना छात्रछात्रा छन् ।

२.०५ ग्रेड प्वाइन्टदेखि २.४ सम्म ‘सी–प्लस’ ल्याउने १ हजार ५ सय ७४, १.६५ ग्रेड प्वाइन्टदेखि २.० सम्म ‘सी’ ल्याउने १ हजार ३ सय ४२ जना छन् ।

प्रकाशित : असार ११, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?