१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बजेटजति सडकमै

पर्वत — पर्वतका सातमध्ये तीन स्थानीय तहले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम पारित गरेका छन् । ३२ करोड ४४ लाख जम्मा बजेट प्रस्ताव गरेको महाशिला गाउँपालिकाको पुँजीगत विकास) बजेट आठ करोड ११ लाख छ जसमध्ये साढे चार करोड सडकमा मात्रै विनियोजन गरेको छ ।

बजेटजति सडकमै

‘गाउँ जोड्ने एउटा सडक कालोपत्रे गर्ने योजना छ,’ गाउँसभा चल्दै गर्दा कर्मचारी रमाकान्त शर्माले भने, ‘त्यसैले सडकमा धेरै बजेट छ ।’ करिब ६० प्रतिशत बजेट सडकमा छुट्याएपछि गाउँपालिकालाई चालु वर्ष सुरु गरेको एक घर एक रोजगार कार्यक्रम प्रभावित हुने जानकारको पुर्वानुमान छ ।

जम्मा बजेट ४६ करोड ७६ लाखमध्ये १३ करोड ७१ लाख पुँजीगतमा प्रस्ताव गरेको फलेवासले पनि पूर्वाधारतर्फ सडकमै धेरै बजेट विनियोजन गरेको छ । पूर्वाधारको सात करोड ९८ लाखमध्ये डोजर खरिदको एक करोड ४० लाखसमेत गरी करिब चार करोड रुपैयाँ सडकमा विनियोजन गरेको नगरप्रमुख पदमपाणि शर्माले बताए । जम्मा बजेट २४ करोड १४ लाख विनियोजन गरेको बिहादी गाउँपालिकाको पुँजीगततर्फ ८ करोड छ । बिहादीले पनि पुर्वाधारमध्ये सबैभन्दा धेरै बजेट सडकमै बिनियोजन गरेको छ ।

बिहादीका अध्यक्ष कमलप्रसाद भुषालका अनुसार सडकमा मात्रै करिव डेढ करोड बिनियोजन भएको छ । ‘सबै केलाएर हेर्न भ्याइएको छैन । सडकमा एक करोड ३५ लाखभन्दा बढी नै छ,’ उनले भने, ‘गाउँपालिकाभित्र दुई हजार किलोमिटरभन्दा धेरै सडक छ । इमर्जेन्सी मेण्टीनेन्स गर्न पनि पुग्दैन ।’

प्रकाशित : असार ११, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?