मोटरसाइकल र ट्याङ्कर जुध्दा दुई जनाको मृत्यु 

घनश्याम खड्का

म्याग्दी — पोखरा लेखनाथ महानगरपालिकाको मालेपाटनमा मोटरसाइकल र ट्याङ्कर ठोक्किदा म्याग्दीका दुई जनाको मृत्यु भएको छ ।

मोटरसाइकल र ट्याङ्कर जुध्दा दुई जनाको मृत्यु 

बुधवार साँझ भएको दुर्घटनामा अन्नपूर्ण गाउँपालिका–३ दानाकी २५ वर्षीया बृन्दा थापा र मंगला गाउँपालिका–३ बरंजाका धनबहादुर छन्त्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।


शिक्षा सेवा आयोगको तयारीका लागि बुधबार पोखरा पुगेका थापा र छन्त्याल स्टेशनरी सामग्री खरिद गर्न बजार जाने क्रममा ग१ख २८९६ नम्बरको पानी बोक्ने ट्याङ्कर र ध१प ५०२१ नम्बरको मोटरसाइकल जुधेका थिए ।


दुर्घटनामा घाइते थापाको उपचारका लागि मणिपाल शिक्षण अस्पताल लैजादै गर्दा बाटोमा र छन्त्यालको उपचारक्रममा राति अस्पतालमा मृत्यु भएको हो । अन्नपूर्ण–७ स्थित घराम्दी प्राथमिक विद्यालयकी शिक्षिका थापा नृत्याङ्गना पनि हुन ।

प्रकाशित : असार १४, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?