१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बलात्कार आरोपमा दुई युवक पक्राउ

नारायण शर्मा

नवलपरासी — नवलपरासीमा बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । मध्यविन्दु नगरपालिका-५ बाघखोरमा एक महिलालाई बलात्कार गरेको अभियोगमा बुधबार राति दुईजना पक्राउ परेका हुन् । 

बलात्कार आरोपमा दुई युवक पक्राउ

बाघखोरकी ३५ वर्षीया एक महीलालाई बलात्कार गरेको आरोपमा मध्यविन्दू-५ बाघखोर बस्ने वर्ष ३२ का भीमबहादुर बोहोरा र प्रेम केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घटना घटे लगत्तैं पीडित महिला र छिमेकीले प्रहरीलाई खबर गरेपछि तत्काल उनीहरुलाई पक्राउ गरिएको हो ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लिलाराज लामिछानेले घटनाबारेमा अनुसन्धान भइरहेको बताए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरीमा राखिएको छ ।

प्रकाशित : असार १४, २०७५ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?