२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सतर्कता अपनाउन आग्रह

लमजुङ — सम्भावित बाढीपहिरो र डुबानबाट बच्न जिल्ला प्रशासन कार्यालय लमजुङले नागरिकलाई आग्रह गरेको छ ।

सतर्कता अपनाउन आग्रह

प्रशासनको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले आइतबार एक सार्वजनिक सूचना जारी गरी सचेत रहन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार जल तथा मौसम विज्ञान विभाग, जलविज्ञान महाशाखा, बाढी पूर्वानूमान शाखाबाट आइतबार जारी गरेको बुलेटिन अनुसार आइतबार र सोमबार लमजुङमा पनि भारी वर्षाको सम्भावना रहेको बताए ।


खोला तथा नदीनालामा बाढी आउन सक्ने सम्भावना रहेकोले सार्वजनिक सूचना प्रकाशित गरी नागरिकलाई सचेत रहन आग्रह गरिएको उनले बताए । ‘भूकम्पले पहिरोको उच्च जोखिममा रहेका वस्ती झनै जोखिममा पर्न सक्छन् । घटना दुर्घटना हुन सक्छ । ती ठाउँमा सतर्कता अपनाउन स्थानीयलाई भनेका छौँ’ उनले भने ।उनका अनुसार लमजुङसँगै गोरखा, तनहुँ, मनाङको तल्लो भागमा निरन्तर वर्षा भए बाढीपहिरो हुनसक्छ ।


चुरे र महाभारतबाट बहने नदीमा बहाव बढ्ने अनुमान गरिएकाले चुरे र मध्यपहाडी क्षेत्रका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा बस्नेलाई सोमबारसम्म सतर्कता अपनाउन आग्रह गरिएको कार्यालयले जनाएको छ ।


लमजुङमा मस्र्याङदी, ङादी, खुदी, दोर्दी, चेपे, मिदिम, रुदी लगायत नदी आसपासमा मानिसको बसोबास छ । ती ठाउँका नागरिकलाई सूचना पुर्‍याउन स्थानीय सञ्चार माध्ययम प्रयोग गरिएको उनले बताए ।

प्रकाशित : असार १७, २०७५ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?