१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

ज्वाइँले रड प्रहार गर्दा दम्पती घाइते

प्रतिक्षा काफ्ले

स्याङ्जा — ज्वाइँले रड प्रहार गर्दा बिरुवा गाउँपालिका-३, राङभाङ बस्ने एक दम्पती घाइते भएका छन् । ७८ वर्षीय मोहनसिंह थापा र श्रीमती ६९ वर्षीया चित्रकुमारीलाई ज्वाइँ खुमबहादुर थापाले रड प्रहार गरेका थिए ।

ज्वाइँले रड प्रहार गर्दा दम्पती घाइते

मानसिक सन्तुलन बिग्रिएको बताउने (छोरी) ज्वाइँ खुमबहादुरले शनिबार राति रड प्रहार गरेका थिए । दम्पतीलाई नै टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।


जिल्ला अस्पतालमा उपचारको लागि लगिएको भए पनि अवस्था चिन्ताजनक भएकाले थप उपचारको लागि गण्डकी अस्पताल पोखरा लगिएको जिल्ला प्रहरीले जनाएको छ । आवश्यक परेको बेला उपस्थित गराउने सर्तमा कुटपिट गर्ने खुमबहादुरलाई दाजु जीवनको जिम्मा लगाएर पठाइएको डीएसपी प्रकाश विष्टले बताए ।

प्रकाशित : असार १७, २०७५ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?