कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुतलीबजार नगरपालिकाको बजेट ७३ करोड

प्रतिक्षा काफ्ले

स्याङ्जा — आगामी आर्थिक वर्ष ०७५/७६ को लागि पुतलीबजार नगरपालिकाले ७३ करोड ३७ लाख १७ हजार को बजेट सार्वजानिक गरेको छ । पुतलीबजारको तेस्रो नगरसभाबाट बजेट सार्वजानिक गरिएको हो ।

पुतलीबजार नगरपालिकाको बजेट ७३ करोड

'समृद्ध पुतलीबजार, खुसी नगरवासी' नाराका साथ पुतलीबजार नगरपालिकाको आर्थिक वर्ष ०७५/७६ को निति कार्यक्रम तथा बजेटसम्बन्धी मंगलबार पत्रकार सम्मेलन गरी नगर कार्यपालिकाले ७३ करोडको बजेट सार्वजानिक गराएको थियो । पत्रकार सम्मेलनमा बोल्दै नगर उपप्रमुख एवं आर्थिक संयोजक महेश पुरीले कूल बजेटमध्ये चालुतर्फ ८ करोड ५२ लाख ७० हजार रुपैयाँ छुटाएको बताए । यस्तैगरी पुँजीगततर्फ ४९ करोड ८४ लाख ४७ हजार र सामाजिक सुरक्षातर्फ १५ करोड खर्च हुने गरी विनियोजन गरेको जानकारी गराए ।


सभाले नगरस्तरमा ९ करोड ५२ लाख ९५ हजार, नगर गौरवका योजनामा ४ करोड ८ लाख ५० हजार, वडास्तरमा ३ करोड ५० लाख गरी १७ करोड ११ लाख ४५ हजार रुपैयाँ विनियोजन गरेको छ । सभाले सडक तथा अन्य योजना लक्ष्य पूर्णरुपमा गुणस्तरीय बनाई सम्पन्न गर्न ४ करोड ८ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । नगरका १४ वटै वडालाई समेट्ने गरी एक सय ६९ वटा नगरस्तरीय कार्यक्रम ल्याइएको जनाएको छ । जसका लागि ९ करोड ५२ लाख ९४ हजार बजेट विनियोजन भएको छ ।


आर्थिक विकासतर्फ २ करोड ३९ लाख ९४ हजार, भौतिकतर्फ ४ करोड ५७ लाख, सामाजिकतर्फ ३ करोड ७५ लाख ७५ हजार, वन वातावरणतर्फ ५० लाख र संस्थागत विकासतर्फ ३८ लाख बजेट विनियोजन गरिएको छ ।

प्रकाशित : असार १९, २०७५ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?