कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्वाइँको कुटाईबाट ससुराको मृत्यु 

प्रतिक्षा काफ्ले

स्याङ्जा — ज्वाइँले रड प्रहार गर्दा घाइते भएका विरुवा गाउँपालिका–३ राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापाको बुधबार मृत्यु भएको छ । 

ज्वाइँको कुटाईबाट ससुराको मृत्यु 

सोही ठाउँ घर भएका (छोरी) ज्वाइँ खुमबहादुर थापाले आइतबार बेलुका मोहनसिंहको दम्पतीलाई नै रड प्रहार गरी घाइते बनाएका थिए । मोहनसिंहकी श्रीमती ६९ वर्षीया चित्रकुमारीलाई भने अस्पतालले डिस्चार्ज गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रहरीका अनुसार टाउको र शरीरमा चोट लागेका मोहनलाई जिल्ला अस्पताल, गण्डकी अस्पताल पोखरा हुँदै फिस्टेल अस्पतालमा भर्ना गरिएको थियो । ज्वाइँको कुटाईबाट गम्भीर घाइते भएका उनलाई आइसीयूमा राखिएको थियो ।


ज्वाइँ खुमबहादुरलाई प्रहरीले आइतबार पक्राउ लगत्तै मानसिक सन्तुलन ठिक नभएको भन्दै दाजुको जिम्मा लगाई छाडेको थियो ।


मोहनसिंहको मृत्यु भएसँगै खुमबहादुरलाई पुन: पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्त्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । खुमबहादुरलाई जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २०, २०७५ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?