दुर्घटनामा चार यात्रु घाइते

रासस

नवलपरासी — पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती नगरपालिका-८ खरकट्टा जंगलमा मंगलबार भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित चार यात्रु घाइते भएका छन् । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५९४६ नम्बरको ट्रकले राजमार्ग छेउमा बिग्रेर रोकिराखिएको ना ७ ख २०८० नम्बरोको ट्रकलाई ठक्कर दिँदा ना ५ ख ५९४६ नम्बरको ट्रकमा सवार यात्रु घाइते भएका हुन् । घाइतेको अहिले स्थानीय नवलपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जनाएको छ ।

प्रकाशित : असार २६, २०७५ ११:३७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नारायणगढ-मुग्लिन सडक खुल्याे

रमेशकुमार पौडेल

चितवन — ठाउँ ठाउँमा पहिराे जाँदा बिहानैबाट अवरूद्ध नारायणगढ मुग्लिन सडक अहिले ११ बजेबाट दुई तर्फी रूपमा नै खुलेकाे छ ।

नारायणगढ मुग्लिन सडकमा खसेकाे पहिराे । फाइल तस्बिर

नारायणगढ मुग्लिन सडक अायाेजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार गाइघाट, घुमाउने र टाेपे खाेलाकाे पहिराेले बिहान दुई बजेदेखि नै बाटाे अवरूद्ध थियाे । बिहान केही बेरलाई एक तर्फी चले पनि ११ बजेबाट दुई तर्फी रूपमा नै बाटे खुलेकाे हाे ।

प्रकाशित : असार २६, २०७५ ११:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT