कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वी नवलपरासीमा प्रादेशिक कार्यालय खुल्दै

नवलपरासी — गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले साउनदेखि प्रदेश सरकार मातहतका कार्यालय नवलपुरमा खुल्ने बताएका छन् ।

पूर्वी नवलपरासीमा प्रादेशिक कार्यालय खुल्दै

पूर्वी नवलपरासीको अवलोकनमा आएका बस्नेतले स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रियामा यस्तो बताएका हुन् ।

नवलपुरलाई सडक सञ्जाल र विकासका हिसावले प्रदेश राजधानीसँग जोड्ने गरी योजना बनाइएको उनले बताए । ‘साउनदेखि नै हामीले यातायात कार्यालय नवलपुरमा सञ्चालनमा ल्याउने छौ,’ उनले भने, ‘डिभिजन सडक, खानेपानी, सिंचाइजस्ता महत्त्वपूर्ण कार्यालय नवलपुरमा राख्ने सोचेका छौं ।’ त्रिवेणी–दुम्किबासका सडक २२ किलोमिटर लामो भए पनि चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र भएकाले निर्माण हुन नसकेको स्थानीयवासीले मन्त्री बस्नेतसँग गुनासो गरेका थिए ।

‘त्रिबेणी हाम्रो दुईदेशीय प्रवेशद्धार हो, संघीय सरकारसंगको पहलमा मध्यवर्ती र निकुञ्जका अप्ठारा हटाएर यसै वर्ष सडकको निर्माण गरिनेछ,’ उनले भने, ‘त्रिवेणी–दुम्किबास, पोखरा–कोरला सडक गण्डकी प्रदेशको गौरव आयोजना भएकाले पहिलो काम हो ।’ आगामी आर्थिक वर्षका लागि प्रदेशले १५ लाख डिपिआर र १ करोड ८५ लाख रुपैयाँ सडकमा बिनियोजन गरेको छ ।

हाल नवलपुरका बासिन्दा राजधानी पोखरा जाँदा ३ वा ५ नम्बर प्रदेशको बाटो प्रयोग गर्नु परेको छ । सानो समूहमा कर्मचारी पठाएर भए पनि नयाँ बजेट कार्यान्वयनका लागि युनिट बनाउने मन्त्री बस्नेतले बताए ।

प्रकाशित : असार ३२, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?