कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सडक विस्तारका कारण पहिरो

प्रतिक्षा काफ्ले

स्याङजा — मापदण्ड विपरीत आफूखुसी खनिएका सडकका कारण ८० प्रतिशत पहिरो जाने गरेको बताइएको छ । बर्षात् लागेसँगै पहिरोको जोखिमपनि बढ्दो छ ।

सडक विस्तारका कारण पहिरो

उपभोक्ताले आफूखुसी खनेका सडकका कारण अधिकाशं स्थानमा पहिरो जाने गरेको एक कार्यक्रममा बताइएको थियो ।

बजेट सक्ने बाहानामा आर्थिक वर्षको अन्त्य (जेठ/असार) मा खनिएका सडक नै पहिरोको प्रमुख कारण रहेको जिल्ला भू–संरक्षण कार्यालयले बताएको छ । जिल्ला भू–संरक्षण अधिकृत राजकुमार गुप्ताका अनुसार भुकम्पले चिराचिरा पारेको जमिनमा आफूखुसी प्रयोग गरिएका डोजर नै पहिरो जाने प्रमुख कारण रहेको देखिन्छ ।


जिल्ला भू–संरक्षण कार्यालयले ‘सुरक्षित जलाधार, समुन्नतिको आधार’ भन्ने नाराका साथ सोमबार सरोकारवालासँगको अन्र्तकृया कार्यक्रममा यस्तो बताएको थियो ।

कार्यक्रममा पहिरो जानुका प्रमुख कारणहरुबारे बताइएको थियो । राजमार्गसँग जोडेर खनिने ग्रामीण सकडका कारण राजमार्गसँगै ग्रामीण वस्ती, वनजंगल, खानेपानी, पैदलमार्ग लगायतका क्षेत्रहरु पहिरोको जोखिममा रहेको प्रमुख गुप्ताले बताएका थिए ।


‘सडक निर्माणको बाहानामा प्राकृतिक विकासमा खलल पुग्नेगरी कृत्रिम गल्छी निर्माण गरिएको छ’ उनले भने, ‘भिरोलो जमिन संरक्षण गर्नुपर्छ । भिरालो जमिन विस्तार गर्नुपर्छ भन्ने ज्ञान कसैमा छैन ।’ उनले भिरालो जमिनमा रुख विरुवाहरु रोप्ने, बाँध लगाउने जस्ता कुरामा ध्यान दिन आवश्यक रहेको बताए ।


कार्यक्रममा सहभागी मध्येका कुमार रानाले पैसा सक्नकै लागि खनिएका सडक नै समस्यामा आएको बताएका थिए । ‘बिना इन्जिनियरिङ सडक खनिन्छ’ रानाले भने, ‘सडक खन्ने, नापजाँच गर्ने, सबै काम डोजर चालकले नै गर्छ । चुनावी नारा पुरा गर्न स्थानीय तहहरुले पनि सडक विस्तार धमाधम गरेका छन । उपभोक्ताले लापारबाही रुपमा सडक विस्तार गरेका छन् । यसकारण जोखिम बढेको हो ।’


मापदण्ड विना खनिएका सडक विस्तार कार्य रोक्न सकेमात्र पहिरोको जोखिम धेरै कम हुने सहभागीले बताएका थिए ।


जिल्ला प्रशासन, जिल्ला भूसंरक्षण र स्थानीय तहले संवेदनशील क्षेत्रमा बेलैमा सचेत गराउनपर्ने उपस्थितहरुको माग थियो । जलाधारतर्फ जिल्लाभर कालीगण्डकी नदी र आँधीखोला साथै ज्याग्दीखोलाको जोखिम रहेको कार्यालयले बताएको थियो ।

जलाधार व्यवस्थापन गर्नको लागि कार्यालयले विगतदेखी बाँध चिन्ने, जाली भर्ने, नदीखोलालाई कटान हुनेगरी नदीजन्य वस्तु उठाउन नदिने जस्ता कार्य गर्दै आएको बताइएको थियो ।

प्रकाशित : असार ३२, २०७५ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?