१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भिमादको बजेट ५२ करोड

दमौली — तनहुँको भिमाद नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि ५२ करोड रुपैयाँ बढी बजेट पारित गरेको छ ।

भिमादको बजेट ५२ करोड

तेस्रो नगर सभामार्फत ५२ करोड १३ लाख ३७ हजार रुपैयाँ अनुमानित बजेट पारित गरेको हो । पूर्वाधार विकासमा प्रथामिकता दिएर बजेट विनियोजन गरेको नगर प्रमुख मेखबहादुर थापाले बताए ।

‘सडकको स्तरोन्नति गर्नेछौं,’ उनले भने, ‘कच्ची सडकलाई आवश्यकताअनुसार कल्भर्ट निर्माण तथा हयुम पाइपको प्रयोग गरी ग्राभेल तथा कालोपत्रे गरी स्तरोन्नति गर्ने योजना छ ।’


भिमाद स्वास्थ्य चौकीलाई ५० शय्याको अस्पताल बनाउने, प्रदेशस्तरीय रंगशाला निर्माण गरिने, ३ वर्षभित्र नगरपालिकालाई पूर्ण सरसफाइ नगर घोषणा गर्ने र सबै घरमा स्वच्छ खानेपानी पुर्‍याउने योजना उनले सुनाए ।

प्रकाशित : श्रावण १, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?