२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

दुर्घटनामा पैदलयात्रुको मृत्यु

नारायण शर्मा

नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको भैसाखोरीमा गाडीको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । 

दुर्घटनामा पैदलयात्रुको मृत्यु

भैसाखोरीस्थित सशस्त्र प्रहरीको क्याम्प अगाडि भएको दुर्घटनमा स्थानीय ४५ वर्षका अमरबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन ।


बाटोमा पैदल हिँडदै गरेका बिकलाई ठक्कर दिएर गाडी भागेको प्रहरीको भनाई छ । घटना मंगलबार बिहान भएको हो । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीको दाबी छ । शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रकाशित : श्रावण १, २०७५ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?