कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पहिरोपीडित परिवारलाई राहत

बागलुङ — गत मंगलवारको बाढीपहिरोले बुर्तिवाङका घरबारविहीन भएका २८ परिवारलाई ढोरपाटन नगरपालिका र जिल्ला दैवीप्रकोप उद्धार समितिले राहत वितरण गरेका छन् ।

पहिरोपीडित परिवारलाई राहत

घटनामा घर पूर्ण क्षति भएका ६ परिवारलाई ५०/५० हजार, आंशिक क्षति भएका १२ परिवारलाई ३०/३० हजार र सामान्य क्षति भएका १० परिवारलाई २० हजार रुपैयाँको दरले नगरपालिकाले सहयोग गरेको हो ।

नगरप्रमुख देवकुमार नेपालीले उक्त राहतले तत्कालको बसोबास र खानका लागि सहयोग भएको बताए । यस्तै समितिले पनि स्थलगत निरीक्षणपछि पीडित परिवारलाई १०/१० हजार रुपैयाँको दरले सहयोग गरेको हो ।

प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले घटनास्थल पुगेर राहत रकम हस्तान्तरण गरेका हुन् । घर पुरिएर बिस्थापित भएकालाई सामाजिक संघसंस्थाहरूले अस्थायी बसोबास र सामुहिक खानाको व्यवस्था गरेका छन् । रेडक्रस सोसाइटीले कम्बल र त्रिपाल वितरण गरेको छ ।

प्रकाशित : श्रावण ६, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?