१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

डा. केसीको सर्मथनमा नवलपरासीमा प्रर्दशन

नारायण शर्मा

नवलपरासी — चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीको समर्थनमा नेपाली कांग्रेसको भातृ संस्थाले नवलपरासीमा विरोध प्रदर्शन गरेको छ ।

डा. केसीको सर्मथनमा नवलपरासीमा प्रर्दशन

पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा नेपाल तरुणदल र नेविसंघका सर्मथकहरुले आइतबार दिउँसो १ बजेबाट जिल्ला प्रशासन घेराउ गरेर नियमित कामकाज ठप्प पारे । एक घण्टा प्रशासन घेराउ र कामकाज ठप्प पारेपछि कावासोतीको फलफुल चोकमा महेन्द्रराजमार्गको यातायात ठप्प पारेर डा। केसीको पक्षमा नाराबाजी गरेका छन् ।


तरुणदल नवलपरासीका अध्यक्ष सूर्य गुरुङले डा. गोविन्द केसीको सर्मथन जनाउन र हिजो शनिबार काठमाडौंको नयाँ बानेश्वरमा तरुणदलको शान्तिपूर्ण प्रर्दशनमा भएको प्रहरी हस्तक्षेपको विरोध गर्न आफूहरुले जिल्ला प्रशासनको कामकाज ठप्प पारेर राजमार्गमा प्रदर्शनमा उत्रिएको बताए ।


जिल्ला प्रशासन घेराउ अघि तरुणदल र नेविसंघका सर्मथकलाई वीपीचोकस्थित नेपाली कांग्रेसको पार्टी कार्यालय भवनमा विरोधका क्रममा कतै कसैमाथि अभद्र व्यवहार नगर्न र शान्तिपूर्ण विरोध जुुलुश प्रर्दशन गर्न भनिएको थियो ।


प्रकाशित : श्रावण ६, २०७५ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?