१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जनप्रतिनिधि आए, सास्ती उस्तै

कास्की — पोखरा महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएलगत्तै गरिएको घोषणा थियो– ‘कार्यालय आउने नगरवासीलाई दिइने सेवा छिटो छरितो हुनेछ ।’ 

जनप्रतिनिधि आए, सास्ती उस्तै

न्युरोडस्थित महानगरपालिका कार्यालय पुग्नेले देख्छन्– साँघुरो कार्यालय परिसर, सेवाग्राहीको सवारीसाधनलाई भित्र लैजाने न अनुमति छ, न त पार्किङको व्यवस्था । हरेक फाँटहरूमा भीडमभिड त्यती कै ।

आइतवार कर शाखामा घरजग्गाको कर तिन आएका महेन्द्रगुफाका कृष्ण तिमिल्सिनाले गुनासो गरे, ‘भोट दिएर जनप्रतिनिधि जिताइयो तर, कर्मचारीले चलाएको भन्दा छिटोछरितो नगरपालिकामा हुनै सकेन ।’ जिरोकिलोमिटरबाट आएकी ज्ञानु घर्तीले महानगरपालिकाले केही कम्प्युटर र कर्मचारी थपे सेवाग्राहीलाई सास्ती हट्ने सुझाइन् । ‘यति सामान्य कुरामा कसरी ध्यान नपुगेको हो ?,’ उनले भनिन् ।


व्यवसाय दर्ताको अनुमति लिन आएको बताउने छिनेडाँडाकी सेतीमाया पुनले तीन दिनदेखि धाउनु परेको गुनासो गरिन् । ‘कुर्दाकुर्दा हैरान भइयो । काम गरेर खाने मान्छेलाई कति सास्ती दिएका हुन्,’ उनले भनिन्, ‘दर्ताको प्रक्रिया बुझाइदिने मान्छे राख्न पनि नसक्ने हुन की के हो ?’


महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अब धेरै प्रकारका सेवा वडास्तरबाटै दिने तयारी भइरहेको बताए । ‘नगरपालिकाको कार्यालय नै आइराख्नु नपर्ने व्यवस्था गर्दैछौं,’ उनले भने, ‘३३ वटै वडामा पूर्वाधार र कर्मचारी व्यवस्थापन भएपछि सबैलाई सजिलो हुन्छ ।’


पोखरा महानगरपालिका बैंकमा पालो पर्खदै सेवाग्राही (माथि) । राजश्व शाखामा पालो पर्खदै सेवाग्राही । तस्बिर : विना थापा

प्रकाशित : श्रावण ६, २०७५ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?