दुर्घटनामा युवकको मृत्यु

प्रताप रानामगर

दमौली — पुथ्वीराजमार्गमा पर्ने तनहुँको आबुखैरेनी–२ मार्कीचोकमा मंगलबार ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक युवकको मृत्यु भएको छ । 

दुर्घटनामा युवकको मृत्यु

आबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ना ४ ख ५३५५ नम्बरको ट्रक र विपरित दिशाबाट जादै गरेको ग ६ प २९७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा भानु नगरपालिका मिर्लुङका २९ वर्षीय मञ्जित गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित : श्रावण ८, २०७५ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?