कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रान्समिटर पड्किँदा ६ जना घाइते

पर्वत — मोदी गाउँपालिका-५ तिलाहारस्थित खोलाखेतमा विद्युत्‌को ट्रान्समिटर पड्किँदा स्थानीय ६ जना घाइते भएका छन् । 

ट्रान्समिटर पड्किँदा ६ जना घाइते

दिउँसो करिब १२ बजेतिर भएको घटनामा पुतली परियार, ममता परियार, बिमल परियार, यामबहादुर परियार, मनिसा परियार र रुपा परियार घाइते भएका हुन् । घाइतेहरुलाई जिल्ला अस्पताल पर्वतमा प्राथमिक उपचार पछि थप उपचारका लागि कास्कीस्थित मणिपाल शिक्षण अस्पताल रिफर गरिएको पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।


घटनामा स्थानीय ५ घरमासमेत क्षति पुगेको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान गर्न नेपाल विद्युत प्राधिकरणको पर्वत वितरण केन्द्रको प्राविधिक टोली घटनास्थलतर्फ गएको छ ।


प्रकाशित : श्रावण ८, २०७५ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?