कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सवारी गति नाप्न ‘राडार गन’

कान्तिपुर संवाददाता

दमौली — पृथ्वी राजमार्गमा सवारीको गति पत्ता लगाउन ट्राफिक प्रहरीले ‘राडार गन’ को प्रयोग गर्न थालेको छ । धेरै दुर्घटना अत्यधिक गतिका कारण भएको पाइएपछि न्यूनीकरणका लागि सवारीसाधनको गति सीमा निर्धारण चेकजाँच गर्न थालिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।

सवारी गति नाप्न ‘राडार गन’

मुग्लिनबाट कास्कीको सीमासम्म पृथ्वी राजमार्गको ७२ किमि तनहुँमा पर्छ । धेरै ठाउँ सडक घुमाउरो छ । कास्की सीमाको कोत्रेदेखि मुग्लिनसम्म अब ‘राडार गन’ उपयोग गरी सवारीसाधनको गति निगरानी गरिने उनले बताए ।

‘धेरै दुर्घटना तीव्र गतिका कारण भएको देखिएका छन्,’ उनले भने, ‘राडार गनले कुन गाडी कति गतिमा छ भन्ने देखाउँछ । यसले हामीलाई दुर्घटना न्यूनीकरणमा मद्धत पुग्नेछ ।’ सवारीको गति मापकयन्त्र तनहुँमा पहिलोपटक उपयोगमा ल्याइएको हो । राजमार्गको अवस्था हेरी सवारीसाधनको गति निर्धारण गरिएको छ ।

राजमार्गका विभिन्न स्थानमा प्रतिघण्टा ६० किमि र घुम्तीको अवस्था हेरि ३० देखि ४० किमि चलाउन पाइने शाहले बताए । सवारीचालकलाई सचेत बनाउन कोत्रे र मुग्लिनको सीमाक्षेत्रमा होर्डिङबोर्ड र राजमार्गमा ४० ठाउँमा ट्राफिक चिह्न राखिएको छ ।

पृथ्वी राजमार्गमा प्रहरीले दैनिक छडके रूपमा सवारीसाधनको गति चेकजाँच गर्ने भएको हो । तनहुँमा गत वर्ष १ सय २ सवारी दुर्घटना भएका थिए । जसमा ५८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : श्रावण १०, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?