१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७
गण्डकी

Pradesh-4

प्रदेश योजना आयोगमा पौडेल

गण्डकी प्रदेशको नीति तथा योजना आगोगको उपाध्यक्षमा डा गिरीधारी शर्मा पौडेल नियुक्त भएका छन् । स्याङजाको आँधिखोला गाउँपालिका– ४ का पौडेललाई प्रदेश मन्त्रिपरिषद्को गत आइतबारको बैठकले नियुक्तीको निर्णय गरेको हो । निर्णय भने सरकारले सार्वजनिक गरेको छैन ।  

प्रदेश योजना आयोगमा पौडेल

चोरी आरोपमा दुई भारतीय पक्राउ

तनहुँ र गोरखाका मोबाइल पसलमा चोरीको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरी टोलीले भारत मोतिहारी थाना झरौखर पञ्चायत बिजवनी–१४ का २० वर्षीय जावेद आलम र वडा नम्बर ११ का ३० वर्षीय सुरेश साहलाई बिहीबार प्रक्राउ गरेको हो ।

चोरी आरोपमा दुई भारतीय पक्राउ

सिँचाइलाई पहिरो बाधक

पहिरोले नहर भत्काएपछि कटुवाचौपारीका खेतमा सिँचाइ अवरुद्ध भएको छ । ज्ञादी सिँचाइ आयोजनाको मल्याङदी खोलाबाट पानी ल्याइएको नहरलाई दुई साताअघि पहिरोले पुरेको थियो ।नहर पहिरोले बिगारेपछि कटुवाचौपारीमा रोपाइँ भइसकेको धानबाली सुक्न थालेको छ ।

सिँचाइलाई पहिरो बाधक

महानगरले थाल्यो बालुवा निकाल्न

पोखरा महानगरपालिका आफैंले वडाहरूका घाटबाट बालुवा निकाल्न सुरु गरेको छ । यसअघि साबिक जिल्ला विकास समितिले लगाउने नदीजन्य पदार्थको ठेक्का स्थानीय तह मातहतमा आएपछि महानगरले बालुवा झिक्न थालेको हो ।

महानगरले थाल्यो बालुवा निकाल्न

मनास्लु मार्गमा भरिया घर

मनास्लु पदमार्गका पर्यटकले कतिपय ठाउँमा लामो पैदल दूरीपछि मात्रै बस्ती भेटाउँछन् । यस अवस्थामा हिँड्न नसक्नेले बास बस्नुपरे गाह्रो छ । आफूसँग टेन्ट छैन भने ओत पाउन ओडार पस्नुको विकल्प हुन्न ।

मनास्लु मार्गमा भरिया घर

प्रशासन कार्यालयमै मतदाता नामावली

फोटोसहितको मतदाता नामावली संकलन र सूची अद्यावधिक गर्ने काम पुन: सुरु भएको छ । निर्वाचन कार्यालयले जिल्ला प्रशासन कार्यालयमा कर्मचारी खटाएर संकलन थालेको हो ।

प्रशासन कार्यालयमै मतदाता नामावली

बस्ती जोगाउन, लेदो फाल्दै

पहिरोले बस्तीमा जोखिम बढाएपछि आरुघाट गाउँपालिका १ मान्बुको स्याम्चेतका बासिन्दा नियन्त्रणमा लागेका छन् । मर्जाङ सामुदायिक वनबाट पहिरोसँगै आउने लेदो गाउँमा पस्न नदिन दैनिक १६ जनाले फाल्ने गरेका छन् ।

बस्ती जोगाउन, लेदो फाल्दै

‘झरीका रातमा पर्दैन निद्रा’

गणेश माझीलाई राम्ररी निद्रा नपरेको एक महिना भयो । झरी सुरु भएपछि तीन वर्षअघि पहिरो खसेर गाउँ पुरेको घटनाले उनलाई झस्काइरहन्छ । कुश्मा १ मालढुंगाकै प्रमिला भण्डारी पनि सपनामा पहिरोले पुरेको देख्छिन् ।

‘झरीका रातमा पर्दैन निद्रा’
श्रावण १०, २०७५

मौलाकालिकामा केबुलकार योजना

गैंडाकोटस्थित मौलाकालिका मन्दिरमा केबलकार निर्माण हुने भएको छ । केवलकारको निर्माण मौलाकाली केवलकार प्रालिले गर्न लागेको हो । कम्पनीले खरिद गरेको गैंडाकोट १ मौलाकालिका फेदीको १२ कट्ठामा आधार स्टेसन र मन्दिर तल हाल हेलिप्याड रहेको स्थानमा टप स्टेसन राख्ने योजना छ ।

मौलाकालिकामा केबुलकार योजना

मर्स्याङ्दीले चामेमा त्रास

मनाङको चामेकी मेलिना गुरुङ घरमै थिइन्, उर्लिएर आएको मर्स्याङ्दीले नजिकै तातोपानी कुण्ड छेकबारको तटबन्धमध्ये चारवटा ग्याबिन भत्कायो । नदी बढ्दै आएपछि उनको मनमा चिसो पस्छ थाल्छ ।

मर्स्याङ्दीले चामेमा त्रास

अब वडाबाटै सिफारिस

महानगरपालिकाबाट दिईंदै आएका सिफारिस अब वडा कार्यालयबाटै लिन सकिने भएको छ । पोखरा महानगरपालिकाले पूर्वाधार र जनशक्ति व्यवस्थापनसँगै यस्तो सेवा वडाबाट पाउनसक्ने व्यवस्था गरेको हो ।

अब वडाबाटै सिफारिस

सवारी गति नाप्न ‘राडार गन’

पृथ्वी राजमार्गमा सवारीको गति पत्ता लगाउन ट्राफिक प्रहरीले ‘राडार गन’ को प्रयोग गर्न थालेको छ । धेरै दुर्घटना अत्यधिक गतिका कारण भएको पाइएपछि न्यूनीकरणका लागि सवारीसाधनको गति सीमा निर्धारण चेकजाँच गर्न थालिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।

सवारी गति नाप्न ‘राडार गन’

लक्ष्यभन्दा बढी राजस्व

आन्तरिक राजस्व कार्यालय पोखरामा आर्थिक वर्ष ०७४/७५ मा लक्ष्यभन्दा १० प्रतिशत बढी राजस्व संकलन भएको छ । गत आर्थिक वर्षमा कार्यालयले ८ अर्ब ६३ करोड ८३ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

लक्ष्यभन्दा बढी राजस्व